उमेश भुजेल- दिक्तेल । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मिनि–अक्सिजन प्लान्ट जडान गरेको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अक्सिनको अभावमा कसैले छट्पटाउन नपरोस भनी गाउँपालिकामा अक्सिजन जडान गरिएको हो । कोभिड–१९ संक्रमण हुने बिरामीका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालका उपाध्यक्ष पुष्पकला भुजेलले बताउनु भयो ।

जडान गरिएको मिनि अक्सिजन प्लान्टले एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्नेगरी मिनि–अक्सिजन प्लान्ट जडान गरिएको उहाले बताउनु भयो । करिब २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनि–अक्सिजन प्लान्ट शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरि शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई हस्तान्तरण गरेका छन् ।
मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब दुई गाडी सामग्री लिएर ७ जनाको टोली ऐसेलुखर्क गाउँपालिका पुगेका थिए । टोलीले दुई दिनमै मिनि–अक्सिजन प्लान्ट जडानको काम सम्पन्न गरेको हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।










