Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओखलढुंगा मिसन हस्पिटलमा माननीय रामहरि खतिवडाकाे चासाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2025

काठमाडौं । युनाइटेड मिशन टु नेपालकाे संस्थापनमा स्कटल्याण्डबाट मिशनमा नेपाल आएका संस्थापक डा. जेम्स डिकले स्थानिय नागरिककाे सर्वसुलभ उपचार पाउन् भन्ने हेतुले १४ मार्च १९६२ सालमा स्थापना गरेकाे ओखलढुंगा सामुदायिक अस्पताललाई  प्रथम सेवा विन्दु बनाउन ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पहल गरेका छन् ।

ओखलढुंगाको मिसन अस्पतालमा उपचारका क्रममा बीमाको रकम उपलब्ध नहुने हुँदा बिरामी तथा सेवाग्राहीहरूले विभिन्न कठिनाइहरू भोग्नु पर्ने भएपछि सांसद खतिवडाले यस्तो पहल गरेका हुन् ।

गत असार ८ गतेबाट ओखलढुंगा सामुदायिक अस्पतालबाट पनि प्रथम सेवा विन्दु हटेको छ । मिसन अस्पतालबाट प्रथम सेवा विन्दु हटेपछि जिल्ला अस्पताल रुम्जाटार वा प्राथमिक स्वास्थ्य केन्द्र रानीबन जानुपर्ने बाध्यात्मक अवस्था छ ।

सांसद खतिवडाले स्वास्थ्य विमा वोर्ड अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री र कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँग विशेष छलफल गरी ओखलढुंगा सामुदायिक अस्पताललाई पनि प्रथम सेवा विन्दु बनाउन आग्रह गरेका छन् । छलफलमा उनले ओखलढुङगासहित दुर्गम जिल्लाहरूका नागरिकहरूलाई उपचारका क्रममा विमाको रकम छिटो, सरल र प्रभावकारी रूपमा प्राप्त हुने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सामुदायिक र निजी अस्पताललाई प्रथम सेवा विन्दु नबनाउने निर्णय भए पनि भौगोलिक अवस्थाका कारण सुविधा दिन स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्न सकिने भएकाले छलफल गरी अगाडी बढ्ने स्वास्थ्य बिमा बोर्ड अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले बताए ।

वर्तमान प्रणालीमा देखिएका ढिलासुस्ती, अव्यवस्था र जनतालाई पर्ने अन्य बाधा अवरोधको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउँदै, स्थानीय अस्पताल र विमा संस्थाबीच समन्वय सुदृढ पार्नुपर्ने धारणा सांसद खतिवडाले राखेका थिए । यस पहलमार्फत स्वास्थ्य विमा प्रणालीलाई जनमैत्री बनाउनेतर्फ सकारात्मक कदम अघि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved