सुनसरी । स्वतन्त्र नागरिक समाज धरानको आह्वानमा धराने नागरिकहरु बिपि बाट प्रथम बिमा पुर्ण सुचारुको लागि हस्ताक्षर तथा दबाब मुलक कार्यक्रम गरिरहेका छन । बिमा सुबिधा यथावत राख्नका लागि धरानबासी आन्दोलनमा आइदिनु होला भन्दै मेयर हर्क साम्पाङ्गको आव्हान सङ्गै हर्कपथ नेतृत्व धरानबासी सडकमा आन्दोलन गरिरहेका छन । यो समयमा पार्टिका झोलेहरु रमिता हेरेर बसिरहेको पाइन्छ र सबै पार्टिहरुलाई राजनीति खेल्ने अखाडा बनिरहेको छ ! स्वतन्त्र नागरीक समाज धरानको यो कदमले धरानको जनताको हक हित सेवा सुविधाको लागि समीर तामाङ नेतृत्व पनि जुझारु रूपमा आन्दोलीत भएको देखिन्छ ।
सरकारले धरानको बिपि अस्पताल अब अन्यत्र सार्न लाग्या छ ! सेवा सार्नु भनेकै अस्पताल सार्नु हो ! धराने हो… बोल है बोल यही हो बेला ! पछि ला खा बाऊ केजति भने जस्तो पछुतो होला ! भन्दै मेयर हर्क साम्पाङ्गले आफ्नो फेसबुक मार्फत उर्दि गरिरहेका छन जस्को कारण लाखौं जनता सडक आन्दोलनमा आएको देखिन्छन् ।

७५ करोड नतिर्ने बिमा बोर्डको मान्छेहरुलाई पनि सहकारी ठगीकै जस्तो मुद्दा लगाउनु पर्छ : मेयर हर्क साम्पाङ्ग ।
बिपि प्रतिष्ठानले हाम्रो पुरानो अस्पतालको जग्गा कुन कुन पार्टीका जान्ने बुझ्नेले लग्यो अनि अहिले मलाई दोष्दैछ हँ ??? फेरि घुमाएर… भन्दै हर्क साम्पाङ्गको फेसबुक पोस्ट बाट जन जागरुक गर्दै छ र पार्टीका नेताहरुलाई सुझाव दिदै पनि छ ।
ए सरकार… धरानेलाई नहेप है ! भन्दै हर्क साम्पाङ्गको निरन्तर संघीय सरकारलाई सुझाव दिदै बिमा सेवा बन्द भयो भने परिणाम राम्रो हुनेछैन ! हाम्ले चेतावनी मात्रै दिंदैछौँ अहिले ! धरानेलाई नहेप है फेरि, थाम्न सक्दैनौ !










