काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि गठित कार्यदलले अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको छ।
नेपाल राष्ट्र बैंकको पहलमा गठित उक्त कार्यदलको संयोजकत्व पूर्व गभर्नर डा. रेवतबहादुर कार्कीले गरेका छन्। कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्यका रूपमा रहेका छन्। पौडेलले कार्यदलको सचिवको जिम्मेवारी पनि सम्हालेका छन्।

कार्यदलले प्रारम्भिक प्रतिवेदन मिति २०८२ असार २४ गते गभर्नरसमक्ष बुझाएको थियो भने सोही प्रतिवेदन परिमार्जन, समावेश र सन्दर्भसहित अन्तिम प्रतिवेदन असार ३० गते बुझाइएको हो।










