Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एघार कराेड खर्चिन खाेजिएकाे उपकरण पाँच कराेडमा खरिद, राज्य सञ्चानमा कमजोरी रहेकाे प्रमाणित भयाे : मन्त्री भुपेन्द्र राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2025

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आइतबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा खरिद गरेको स्वास्थ्य उपकरणहरू विनियोजन गरिएको बजेटभन्दा आधामै खरिद गरेको जानकारी दिँदै विगतमा कमजोरी गरेको प्रमाणित भएको दाबी गरे । ‘हाम्रो राज्य सञ्चालनमा केही कमी कमजोरी छ भन्ने कुरा प्रमाणित हुँदै गएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उपकरण खरिदमा मितव्ययिता र सुशासनको उत्कृष्ट नमुना प्रस्तुत गरेको उनले दाबी गरे । मन्त्रालयले करिब ११ करोड १५ लाख रुपैयाँको लागत अनुमान गरिएको स्वास्थ्य उपकरण ५ करोड ६३ लाख रुपैयाँमै खरिद गरेर करिब आधा बजेट बचत गर्न सफल भएको उनको भनाइ छ ।

मन्त्री राईले पारदर्शी खरिद प्रक्रिया अपनाउँदा मात्रै ५ करोड ५१ लाख रुपैयाँ राज्यकोषमा फिर्ता भएको जानकारी दिँदै विगतको कुरा खोजी गर्न सञ्चारकर्मीलाई आग्रह गरे । ‘हामीले सुशासनको प्रतिबद्धता भाषणमा मात्र सीमित राखेका छैनौँ, व्यवहारमा उतारेका छौँ,’ उनले भने, ‘यो बचत भ्रष्टाचार अन्त्य गर्ने र जनताको करको सही सदुपयोग गर्ने हाम्रो अभियानको प्रारम्भिक सफलता हो ।’

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ठुलो रकम बचत भएका केही उपकरण खरिदहरू छन् । फुल्ली अटोमेटिक बायोकेमिस्ट्री एनालाइजर (१० थान)का लागि सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । तर उक्त मेसिन ५५ लाख ३७ हजारमा खरिद गरेर एक करोड ९४ लाख भन्दा बढी बचत भयो ।

हेमाटोलोजी एनालाइजर (२० थान) का लागि २ करोड बजेट रहेकोमा ५७ लाख ५० हजारमा खरिद सम्पन्न भयो । जसमा १ करोड ४२ लाख बचत भयो । यस्तै पोर्टेबल अल्ट्रासाउन्ड मेसिन (१४ थान)का लागि १ करोड ८० लाख बजेट भएकोमा ९८ लाख ८७ हजारमा खरिद भयो, जसबाट ८१ लाख बचत भयो । ल्याप्रोसकोप सेट (३ थान)का लागि २ करोड ४० लाख बजेटमा २ करोड १० लाखमा खरिद गरी २९ लाख बचत भयो ।

मन्त्री राईका अनुसार विगतमा हुने गरेका अपारदर्शी प्रक्रिया र सेटिङलाई तोडेर पूर्ण प्रतिस्पर्धात्मक र पारदर्शी ई–बिडिङ प्रक्रिया अपनाउँदा यो सम्भव भएको हो । ‘हामीले कुनै पनि उपकरणको गुणस्तरमा सम्झौता गरेका छैनौँ । तोकिएको स्पेसिफिकेसन अनुसार नै सक्कली कम्पनीका उपकरणहरू खरिद भएका छन्,’ उनले स्पष्ट पारे ।

विगतमा बजेट सक्नकै लागि महँगोमा सामान किन्ने वा अनावश्यक खर्च देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सही लागतमा काम गर्दा राज्यको ठुलो रकम जोगिने उनको भनाइ थियो । मन्त्री राईले खरिद प्रक्रियालाई थप सहज र छिटो बनाउन आगामी आर्थिक वर्षदेखि जिल्लास्तरमै उपकरण खरिद गर्ने अधिकार दिइने बताए । यसले गर्दा स्थानीय आवश्यकताअनुसार तुरुन्तै उपकरण उपलब्ध हुने र केन्द्रको झन्झटिलो प्रक्रियाबाट मुक्ति मिल्ने विश्वास उनको छ ।

उनले, मन्त्रालयको भौतिक प्रगति एक सय प्रतिशत हुँदा पनि वित्तीय खर्च भने ७० प्रतिशत भन्दा कम हुनुको मुख्य कारण पनि यही रहेको दाबी गरे । ‘हामीले ५० प्रतिशत रकमले नै शतप्रतिशत काम गरेका छौँ, जसले हाम्रो वित्तीय प्रगति कम देखिए पनि काममा हामी सफल भएका छौँ,’ उनले भने ।

मन्त्रालयले कडा रोगका बिरामीलाई उपचार सहयोग कार्यक्रममा ८ करोड ८२ लाख खर्च गरेको छ । कुल २ हजार ५५६ आवेदकमध्ये १ हजार ७१५ जनाले सुविधा पाइसकेको र बाँकीलाई प्रक्रियामा ल्याउने काम भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयमा जिम्मेवारी सम्हालेको ३६औँ दिनमा पत्रकार सम्मेलन गर्दै उनले सुशासनको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार काम भएको उनको दाबी छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा औजार र उपकरण खरिदका लागि छुट्टिएको १४ करोड २४ लाखमा ११ करोड ७१ लाख ३ हजार ३ सय ६९ रुपैयाँको खरिद भएको थियो । यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले स्वास्थ्य उपकरण र औजार खरिदका लागि ७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै औषधि खरिदका लागि आपूर्ति व्यवस्थापन केन्द्रका लागि प्रदेशले चालु आर्थिक वर्षमा ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ५ करोड ६० लाख खर्च भएको र आगामी आर्थिक वर्षका लागि ४ करोड ४४ लाख विनियोजन गरिएको छ । औषधि खरिदकै लागि आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र संघको सहित मन्त्रालयले १२ करोड ४० लाख विनियोजन गरेको थियो भने १० करोड ८५ लाखको खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved