Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्र बैंकले बैदेशिक राेजगारिमा जाने युवा युवतिहरुलाई बिना धिताे ऋण दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025

काठमाडौं। वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि सरकारले विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यो व्यवस्था गरिएको हो।

यस अनुसार, वैदेशिक रोजगारीका लागि विदेश जान चाहने पुरुषले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने छन्। यो कर्जा धितोबिना प्रवाह गरिने भएकाले आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई ठूलो राहत पुग्ने सरकारको विश्वास छ।

‘विपन्न वर्ग कर्जा’मा गणना हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने यस कर्जालाई ‘विपन्न वर्ग कर्जा’ अन्तर्गत गणना गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। खासगरी, महिलाका लागि ऋण सीमा बढी तोकिएकोले उनीहरूलाई वैदेशिक रोजगारीमा जान अझ प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

चर्को ब्याजको साहु कर्जाबाट मुक्ति

विगतमा धेरै युवाहरू विदेश जानका लागि टिकट, भिसा र अन्य तयारी खर्च जुटाउन चर्को ब्याजमा साहुबाट ऋण लिन बाध्य हुने गरेका थिए। अब भने औपचारिक बैंकिङ प्रणालीमार्फत सस्तो र पहुँचयोग्य कर्जा उपलब्ध हुने श्रम मन्त्रालयको भनाइ छ।

कार्यविधि निर्माण प्रक्रियामा

श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार मन्त्रालयले विना धितो ऋण वितरणका लागि आवश्यक कार्यविधि निर्माण प्रक्रिया अघि बढाइसकेको छ। मन्त्री भण्डारीले भने, “श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिँदै आएका थिए। अब उनीहरूलाई बैंकमार्फत सहज ऋण दिने व्यवस्था गरिएको हो।”

विदेशमा काम गरेर ऋण तिर्नुपर्ने

सरकारको योजना अनुसार, यसरी ऋण लिएर विदेश जानेलाई उक्त ऋण विदेशमा कमाइ गर्दै फिर्ता गर्ने व्यवस्था गरिनेछ। कर्जाको कार्यान्वयनमा पारदर्शिता र निगरानी कायम गर्नेसम्बन्धी व्यवस्थाहरू पनि कार्यविधिमा समावेश गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved