Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संयुक्त जनजागरण सभालाई भव्य बनाउन सर्वसाधारणलाई संघीय गणतान्त्रिक गठबन्धनकाे आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025

रौतहट । संघीय गणतान्त्रिक गठबन्धन अन्तर्गत पाँच दलहरूको जिल्ला स्तरीय महत्वपूर्ण बैठक रौतहट जिल्लाको गडुरा स्थित एक कार्यक्रममा सम्पन्न भएको छ। बैठक नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषादको प्रमुख आतिथ्यमा तथा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला इन्चार्ज लक्ष्मी शाहको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा पाँचै दलका केन्द्रीय सदस्यहरू, जिल्ला पदाधिकारीहरू र स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बैठकले आउँदो असार ३२ गते रौतहटको सदरमुकाम गौरमा आयोजना हुन लागेको संयुक्त जनजागरण सभा तथा अन्तरक्रिया कार्यक्रमलाई भव्य, ऐतिहासिक र सफल बनाउने निर्णय गरेको छ।

बैठकले विशेषतः गौर नगरपालिकामा नाराबाजी, ब्यानरसहितको नगर परिक्रमा गर्ने कार्यक्रमको तयारी गर्ने निर्णय लिएको छ। नगर परिक्रमार्पछि मुख्य कार्यक्रम सम्पन्न गरिनेछ, जसमा प्रमुख वक्ताहरू नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री संघीय गणतान्त्रिक गठबन्धनका संयोजक मोहम्मद रिजवान अन्सारी ज्यू। बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दर अम्बेडकरज्यू। नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो ज्यू। नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषाद ज्यू। र ऐतिहासिक जनता पार्टीको केन्द्रीय अध्यक्ष बद्री ठाकुरजीको विशेष उपस्थिति रहनेछ।

रौतहटबासी जनताप्रति आह्वान: गठबन्धनले यस कार्यक्रमलाई मधेशको अधिकार, पहिचान र संघीयता सुदृढीकरणका लागि महत्वपूर्ण मोडका रूपमा लिएको छ। यसै सन्दर्भमा, गठबन्धनले रौतहट जिल्लाका सम्पूर्ण नागरिक, युवा, महिलाहरू, बुद्धिजीवी, श्रमिक, किसान, दलित, आदिवासी, मुस्लिम, निषाद समुदाय , पिछडा वर्ग र सम्पूर्ण समुदायका प्रतिनिधिहरूलाई कार्यक्रममा उत्साहपूर्वक सहभागी भई आफ्नो समर्थन प्रकट गर्न हार्दिक आह्वान गरेको छ।

कार्यक्रमले लोकतान्त्रिक आन्दोलन, संघीयता, समावेशिता, सामाजिक न्याय र स्थानीय विकासका मुद्दाहरू उठाउने अपेक्षा गरिएको छ। विभिन्न वक्ताहरूले वर्तमान राजनीतिक परिस्थिति, मधेशको अधिकार, केन्द्र र प्रदेश सरकारप्रतिको भूमिका लगायत विषयमा धारणा राख्नेछन्।

संघीय गणतान्त्रिक गठबन्धनले यस्तो जनजागरण कार्यक्रममार्फत जनता र राज्यबीचको दूरी घटाउने र जनताका मुद्दालाई संगठित ढंगले उठाउने प्रयासस्वरूप यो कार्यक्रमलाई अघि सारेको बताएको छ।

कार्यक्रमलाई सफल बनाउनका लागि गठबन्धनका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई आ–आफ्नो क्षेत्रमा परिचालन गरिने र प्रत्येक टोल, वडा तथा गाउँ–नगरमा प्रचार–प्रसार अभियान सञ्चालन गरिने पनि जानकारी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved