Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चारै पार्टी अध्यक्षहरूद्वारा उत्पीडित जनताको मुद्दामा ऐक्यबद्धता, हजारौंको र्यालीमार्फत सशक्त सन्देश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2025

सर्लाही, मलङ्वा । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा मलङ्वा स्थित नारायण धर्मशालामा सम्पन्न संयुक्त जनजागरण अभियान अन्तरक्रिया तथा सभा देशभरिका उत्पीडित समुदायको पक्षमा एक निर्णायक मोडको रूपमा देखिएको छ। चारवटै दलका शीर्ष नेताहरूको धारणा र हजारौं जनताको र्यालीले जनतामा नयाँ ऊर्जा र जागरणको सन्देश दिएको छ।

मोहम्मद रिजवान अन्सारी ज्यूको विशेष मन्तव्य: गठबन्धनका संयोजक एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी ज्यूले आफ्ना गहकिला विचार प्रस्तुत गर्दै भन्नुभयो:

“नेपालमा अहिलेसम्म उत्पीडित जनताको नाममा खोलिएका धेरै पार्टी र गठबन्धनहरूले पटक–पटक धोका दिएका छन्। ती दलहरू मधेसी जनताको आन्दोलनलाई सत्ता प्राप्तिको सिडीको रूपमा प्रयोग गर्दै आएका छन्। तर आज मुख्य प्रश्न के हो भने – के उत्पीडित जनताको राजनीतिक आन्दोलन समाप्त भयो? के हामीले सुशासन र समानतासहितको नेपाल बनाइसक्यौं? उत्तर स्पष्ट छ – होइन।”

उहाँले संविधान पुनर्लेखन वा संशोधनमार्फत मधेसी, मुस्लिम, दलित, आदिवासी जनजाति, निषाद तथा पिछडिएका वर्गको हक अधिकार सुनिश्चित नगरेसम्म संविधानप्रति जनताको अनुभूति नजाग्ने र त्यसअनुसार स्थिरता आउन नसक्ने बताउनुभयो। उहाँले थप भन्नुभयो:

“अहिलेको गणतन्त्र भ्रष्ट कर्मचारी, भ्रष्ट नेता, दलाल पुँजीपति र बिचौलियाहरूको हातमा बन्धक बनेको छ। हामी त्यसलाई नेपाली जनताको वास्तविक गणतन्त्रमा रूपान्तरण गर्न संघीय गणतान्त्रिक गठबन्धनमार्फत संघर्षरत छौं।”

अध्यक्ष अन्सारीले वर्तमान निर्वाचन प्रणाली उत्पीडित जनताको विपक्षमा रहेको भन्दै पूर्ण समानुपातिक प्रणालीको खाका अगाडि सार्नुभयो। साथै, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अधिकार सम्पन्न प्रदेशहरूको संरचना निर्माण गर्नुपर्ने मागलाई पनि जोड दिनुभयो।

“वर्तमान संघीयता प्रशासनिक एकाइ मात्रै हो, यो उत्पीडित जनतासँग धोका हो। हामी पूर्ण अधिकार सम्पन्न संघीय संरचनाको पक्षमा दृढ छौं।”

अन्त्यमा उहाँले सम्पूर्ण उत्पीडित समुदायलाई एकताबद्ध भई संघीय गणतान्त्रिक गठबन्धनको छातामुनि गोलबद्ध भई जनजागरण अभियानलाई सफल बनाउने हार्दिक आह्वान गर्नुभयो।

माननीय बिमला अन्सारी ज्यूको विशेष भनाइ: नेपाल संघीय समाजवादी पार्टीकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री माननीय बिमला अन्सारी ज्यूले आफ्नो सम्बोधनमा प्रदेशसभा भित्रको अनुभव प्रस्तुत गर्दै वर्तमान सरकारप्रति तीव्र आलोचना गर्नुभयो।

“म अहिले प्रदेश सभामा छु, र मैले प्रत्यक्ष रूपमा देखेँ—यो सरकार उत्पीडित जनताको सरकार होइन। यो मधेसी, दलित, महिला, आदिवासी जनजाति, मुस्लिम र निषाद समुदायका लागि कुनै स्पष्ट नीति, योजना र प्रतिबद्धता बिना चलिरहेको छ।”

उहाँले शिक्षाको पहुँच, आर्थिक उत्थान र सामाजिक न्यायका मुद्दामा सरकारको असंवेदनशीलता औंल्याउँदै संसदमा निरन्तर आवाज उठाउँदै आउनुभएको जनाउनुभयो। साथै, वहाँले सम्पूर्ण उत्पीडित जनसमुदायलाई यो अभियानमा साथ दिन आग्रह गर्नुभयो:

“यो लडाइँ मेरो व्यक्तिगत होइन, सम्पूर्ण उत्पीडित समुदायको हो। म तपाईँहरू सबैलाई संघीय गणतान्त्रिक गठबन्धनलाई बलियो बनाउने आह्वान गर्दछु।”

अन्य अध्यक्षहरूको सामूहिक धारणा: कार्यक्रममा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद, र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महत्व ज्यूहरूले आफ्नो सम्बोधनमा उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न चारवटै पार्टीको साझा रणनीति र ऐक्यबद्धता प्रस्तुत गर्नुभयो।

उनीहरूले संघीयता, सामाजिक न्याय, समावेशी सेना, आर्थिक अवसर, र राजनीतिक प्रतिनिधित्वमा पूर्ण समानता कायम गर्न एकीकृत आन्दोलन अपरिहार्य रहेको बताएका थिए। वर्तमान चुनाव प्रणाली, सत्ता संरचना र संसदीय विकृतिको विरुद्ध चारै अध्यक्षहरू एक स्वरमा उभिनु जनताको पक्षमा साहसिक कदमको रूपमा लिइएको छ।

र्याली र जनसहभागिता: कार्यक्रमअन्तर्गत हजारौंको संख्यामा भव्य र्याली पनि सम्पन्न भयो। राष्ट्रिय झण्डा, पार्टी झण्डा, प्लेकार्ड र नारासहितको यो र्यालीले मलङ्वाको हरेक कुनामा जनजागरणको आवाज पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved