खाेटाङ। जिल्ला अस्पताल खाेटाङकाे भवन पूर्ण रुपले निर्माण नसकिँदै उद्घघाटन गर्न लागेकाे भन्दै रास्वपा खाेटाङले उक्त उद्घघाटन कार्यक्रममा सहभागिता नजनाउने जनाएकाे छ।
१५ शैयाकाे जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नति गर्ने भन्दै राजनितिबाज गरिएकाे तर, खासमा नेताहरुले राजनिककाे राेटि सेक्ने प्रपञ्चले खाेटाङ्गे जनता जिल्लामा अवस्थित हस्पिटलकाे सुविधाबाट सन्तुष्ट नरहेकाेले यस्ता भ्रामक कार्यमा रास्वपा सामेल नहुने भन्दै एक विज्ञप्ति जारीगरेकाे छ।

हेर्नाेहाेस रास्वपा खाेटाङ्गले जारी गरेकाे याे विज्ञप्तिकाे पूर्णपठ:
आदरणीय खोटाङबासी दाजुभाइ तथा दिदीबहिनीहरू, वर्तमान राजनीतिक व्यवस्थाभित्र रही जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने दृढ अठोटका साथ करिब तीन वर्ष अघि स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज जनअपेक्षाको केन्द्रमा छ । जनतामाझ लोकप्रिय “घण्टी” चिन्हले राजनीतिक शुद्धता र जवाफदेहीताको सन्देश बोकेको छ। तर दुःखको कुरा, अझै पनि देशमा विकास निर्माणको नाममा देखावटी राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन । जनताको रगत-पसिना
मिश्रित करबाट बनेका संरचनाहरुलाई बारम्बार उद्घाटन गर्दै “फलानो नेताले बनाएको हो” भन्ने भ्रामक प्रचारले जनतामा गलत धारणाको अंकुरण गराउने र राजनीतिक लाभ लिने अभ्यास यथावत् छ । त्यही प्रवृत्तिको निरन्तरता स्वरूप यही असार २२ गते आइतबारका दिन १५ शैयाबाट ५० शैयाको सम्बन्धन प्राप्त भएको तर स्तोरोन्नती हुनु अगावै निर्माणाधीन जिल्ला अस्पताललाई १५ शैयाकै सेवा सुबिधा रहेको अवस्थामै उद्घाटन गर्ने तयारी गरिएको हुँदा यसलाई असमय र अनावश्यक कदम ठान्दछौं।
निर्माण पूरा गराउने तर्फ ध्यान दिनुको सट्टा उद्घाटनका नयाँ नयाँ कार्यक्रमहरु मात्रै गर्नु जनताको आँखामा छारो हाल्ने प्रयास मात्र हो । यसै सन्दर्भमा हामी राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले सो कार्यक्रममा उपस्थित नहुने निर्णय गर्दै यस्ता देखावटी कामकाजको विरोधमा सदैव सिद्धान्तमा अडिग, जनतासँग इमान्दार र राजनीतिक शुद्धताको पक्षमा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
+ उद्घाटन प्रथाको अन्त्य गरौं !
+ वास्तविक सेवा, जिम्मेवारी, जवाफदेही र उत्तरदायित्वमा केन्द्रित राजनीति गरौं !
+ जय घण्टी ! जय खोटाङ !!










