सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम इटहरीमा हर्षउल्हासका साथ सम्पन्न भएको छ।
कार्यबाहक सभापति डिपी अर्यालले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा पार्टी सदस्यहरूलाई उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य निशा डाँगी आदिले प्रशिक्षण दिनुभएको थियो।

यस्तै, प्रशिक्षणको दोस्रो दिन महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल, प्रशिक्षण विभाग सचिव कमल सुबेदी आदिले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षण कार्यक्रममा काेशी प्रदेश अन्तर्गतका सबै जिल्ला संयाेजकाे अनिवार्य उपस्थिति थियाे भने, जिल्ला, नगर र पालिका कमिटिका पदाधिकारीहरु सहित रास्वपाका नेता कार्यकर्ता उल्लेख्य उपस्थिति थियाे।










