काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही-३ उपनिर्वाचनको तयारी तीव्र भइरहेको छ। एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ भने रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ।
पछिल्लो निर्वाचनमा शेरबहादुर देउवासँग डडेलधुराबाट पराजित भएका ढकाल, हाल रास्वपासँग निकट छन्। उनले सिंहदरबारमा सांसद सुमना श्रेष्ठसँग फेसबुक लाइभ गर्दै उम्मेदवारीको संकेत दिएका थिए।

रास्वपा प्रवक्ता मनीष झाले पनि उम्मेदवारीको सम्भावना रहेको बताउँदै “चर्चा हुनु भनेको राम्रो हो” भनेका छन्।
तर, अन्तिम निर्णय हुन अझै चार चरण प्रक्रिया बाँकी रहेको उनको भनाइ छ।










