काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता भएका सेवाग्राहीहरुलाई लेट मि इनकाे काेरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा छुट पाउने भएका छन्।
काठमाडौंकाे नयाँ बानेश्वरमा रहेकाे उक्त लेट मि इनबाट उपलब्ध हुने जिभिन्न सेवामा आठ देखि १५ प्रतिसत सम्म छुट दिने र लिने पत्रमा हस्ताक्षर भएकाे छ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि.
को तर्फबाट प्रबन्ध निर्देशक श्री डोङ्ग सु माले हस्ताक्षर गरेका हुन।










