Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संघीय गणतान्त्रिक गठबन्धनद्वारा ” संयुक्त जनजागरण अभियान ” घाेषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2025

संघीय गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न, तेस्रो जनआन्दोलनको तयारी र ‘संयुक्त जनजागरण अभियान’ घोषणा

जनकपुर धाम ।  देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक मोर्चाको संयोजक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा गठबन्धनमा आबद्ध बहुजन एकता पार्टीको अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीको अध्यक्ष धुपलाल निशादड ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्री ठाकुर, पूर्व गृह कानुन तथा सञ्चारमन्त्री प्रदेश सभा सदस्य माननीय बिमला अन्सारी जी लगायत सबै शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले देशको वर्तमान अवस्था, संविधानको कार्यान्वयन, न्याय र सुशासनको अभाव, तथा बढ्दो भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गरे। नेताहरूले ठोस शब्दमा भने, “नेपालको उत्पीडित जनता जसरी चाहन्थे, त्यस्तो संविधान बन्न सकेको छैन। देशमा सुशासन छैन, न्याय छैन, र जनताले अधिकारको अनुभूति गर्न पाएका छैनन्।”

बैठकले निष्कर्ष निकालेको छ कि देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद, र पहिचानको अपमानबाट ग्रस्त छ। यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजानका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर छ।

 

‘संयुक्त जनजागरण अभियान’ देशभर सञ्चालन हुने :

बैठकले देशभर व्यापक जनसंवादमार्फत जनता समक्ष पुग्ने निर्णय गर्दै ‘संयुक्त जनजागरण अभियान’ घोषणा गरेको छ। अभियान अन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला, अन्तरक्रिया तथा संगठन विस्तार गरिनेछ।

साथै, बैठकले देशभित्रका सम्पूर्ण प्रगतिशील, अग्रगामी, सामाजिक न्यायप्रेमी, पहिचानवादी वर्गीय उत्पीडनविरुद्ध लड्ने शक्तिहरूलाई संघीय गणतान्त्रिक गठबन्धनमा आवद्ध हुन खुला आह्वान गरेको छ।

पाँच सदस्यीय वार्ता समिति गठन

गठबन्धनलाई विस्तारित गर्दै नयाँ शक्तिहरूलाई समावेश गर्नका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। उक्त समितिले विभिन्न दल, संगठन तथा स्वतन्त्र समूहहरूसँग संवाद गरी गठबन्धनलाई बलियो र फराकिलो बनाउने कार्य गर्नेछ।

महत्वपूर्ण निर्णय र कार्यक्रमहरू:

बैठकले विशेषरूपमा निम्न निर्णयहरू पारित गरेको छ:

१. संयुक्त जनजागरण अभियान तथा संगठन विस्तार: गठबन्धनले आगामी ६ महिनाभित्र सातै प्रदेश र ७७ जिल्लामा संगठन विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि संयोजन समितिको गठनसहित जिल्ला तथा प्रदेशस्तरीय कमिटीहरू गठन गरिनेछ।

२. मिति स्थान कार्यक्रम तालिका:

असार २१ सर्लाही जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २५ महोत्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २९ रौतहट जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०१ बारा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०३ वीरगंज जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १० सिरहा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १२ सप्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १३ सुनसरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १५ मोरंग जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १७ झापा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १९ विराटनगर कोसी प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन
श्रावण २६ धनुषा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण २९ जनकपुर मधेस प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन

गठबन्धनको अडान: न्याय, पहिचान, समानता र समावेशीताको लडाइँ !

गठबन्धनले देशमा कायम असमानता, उत्पीडन, र पहिचानविहीन राजनीतिक संरचनालाई अन्त्य गर्न निर्णायक आन्दोलनको आवश्यकता औंल्याएको छ। नेताहरूले भने, “हामी संविधानमा जनताको भावना अनुसार संशोधन, न्यायपूर्ण समाज निर्माण, सुशासनको प्रत्याभूति र स्थायी शान्तिको स्थापना, समृद्ध नेपालको निर्माण, शोषित र उत्पीडित जनताको राज्य सत्ताको स्थापना को आधार तयार गर्न दृढप्रतिज्ञ छौं।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved