दोलखा जिल्लाका इतिहासकार यज्ञ कुमार प्रधानले आफ्नो पुस्तक दोलखाको साँस्कृतिक सम्पदाको पृष्ठ नम्बर ७ को १ मा यसरी लेख्नु हुन्छ… ✍️ द्वापर युगको आयु ८,३४,००० बर्ष मध्ये १५,००० बर्ष विति सके पछि गुप्त वश राजा भुवन सिंहको पालामा किरातहरु नेपालमा थिए भनेका छन । पाँच पाण्डपहरुको वनवास बसेको बेलामा किराँती वशका राजा हुमती थम्बुको शासनकाल थियो । वनवास सकि गुप्तवास बस्ने बेलामा गौरीशंकरको प्रार्थना गर्न दोलखा आएको भन्ने भनाई र त्यस बेलामा सम्भवत किराँती राजा हुमती नै नेपालका राजा थिए ।
शैलुङ्ग १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको शैलुङ्ग डाडा धेरै सुन्दर र रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , अहिले परिचीत शैलुङ्ग डाडामा यलम्बर राजाको बुबाको बाख्रा र भेडा गोठ शैलुङ्गमा अवस्थित रहेछ उक्त समयमा राजा यलम्बरको जन्म हुन्छ , राजा यलम्बरको नुवारनको नाम यलुङ थम्बु नाम राखिन्छ , यलुङ्ग हुँदै शौलुङ्ग नाम रहन गएको भन्ने इतिहास बताउछ । यलम्बर राजा दोलखा बाट काठमाडौ आउनु भएपछि काठमाडौमा राजधानी बनाई कैरात साम्राज्य बिस्तार गरेका थिए । काठमाडौको धेरै जसो नामहरु थाङमी खाम अर्थात थम्बुहरुको भाषामा भेटिन्छन् जस्ले गर्दा यलम्बरको सन्तान नै थम्बुहरु हुन भन्ने यथेष्ट पुष्ठि हुन्छ । अर्को कुरा काठमाडौको भैरबको जात्रा मनाउदा यलम्बर राजाको स्मरण गर्द्छ भने दोलखामा उक्त समयमा मछिन्द्रनाथको पुजा थामी समुदायबाट सुरु गरिन्छ ।
थम्बु समुदायको आफ्नो लिपि यलुङ लिपि छ । आफ्नै थाङमी खाम भाषा छ । आफ्नै भेष भुषा फेङ्गा र डाम्ठी छ । आफ्नै रहनसहन छ । आफ्नै सास्कृती छ ।

दोलखामा किरात शासन :
चरिकोट पुर्व / दक्षिणमा किराँती छाप भन्ने स्थान छ । यहि स्थान नै हाइहाई थम्बु किराँती राजाको राजधानी भएकोमा विश्वास गरिन्छ । दोलखाका राजाका कुलघरलाई राजकुलेश्वर भनिन्छ । बडा दशैमा घटस्थापनाको दिन यस कुलघरमा संकल्प गर्दा हाई हाई राजा , सुइ सुइ राजा , गोल्मा राजा , च्वाफे गोसे राजा , तुफी गोसा राजा-सिन्धु , बन्धु राजाहरुको समेतको नामहरु उच्चारण गरि संकल्प गर्ने चलन अझै सम्म छ ।दशमीको दिन त्रीपुरासुन्दरी मन्दिरको बाहिर भैरबको मुर्तिमा राँगाको बलि पुजा गर्दा ३ जना मुण्डन गरिएका नाङ्गा थामी ( हिप्पा थामी )हरुलाई रगत खुवाउने र रगत खुवाई सकेपछि राजकुलेश्वर मन्दिरमा ती थामीहरुलाई पगरी लगाई दिई पुजा गरि बलेको बति मुखमा हाल्न लगाइन्छ । बति मुखमा हाली हरिसिद्दी मन्दिर अगाडिको मण्डपमा बाधिएको राँगोलाई तीन पटक लठ्ठीले प्रहार गरि राइतिधारा( राजाहिटी)मा नुहाउन जाने चलन यद्यपि छदैछ ।यसरी थामीहरुलाई भैरबमा बलि दिएको रगत खुवाउने चलन र संकल्प गर्दा पुर्व राजवशीहरुको नाम उल्लेख हुनु बाट र किरातीवशी थम्बु(थामी) हरुको महत्व यस दोलखा राज्यको प्राचीनता र थम्बु समुदायको महत्व स्पष्ट झकिन्छ । धेरै पछि दोलखामा थामीहरु अरु जाती बाट मिसावट पनि भएका छन ।
दोलखामा:
विसं १६०३ मा चाँदीको सिक्का निकालेका थिए । राजनीतिक सफलताका साथमा आर्थिक उन्नति तथा सांस्कृतिक उत्थान गर्ने विचारले उनले चाँदीको मोहर निकाल्नुको अतिरिक्त धार्मिक–सांस्कृतिक सुधारसमेत गरेको देखिन्छ । त्यही समयमा उकेछुकु र बेति आजि , यापतिछुकु र सोनारी आजि सुस्पाका थामीहरुको इतिहास भेटिन्छ । नेपालमै सर्वप्रथम चाँदीको मोहर चलाउने राजा श्रीश्री इन्द्रसिंह देव विसं १५९१ मा नेवार समुदायबाट दोलखामा पहिलो राजा भएका थिए ।










