Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खस र बुद्ध धर्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2025

चन्द्रप्रकाश बानियाँ । इतिहासविद डा. हरिस सी लखेरा(डा)ले खसहरु बौद्ध धर्मको महायान शाखाबाट प्रभावित थिए भनेका छन् । तर खसहरुको सबभन्दा ठूलो आवादी नेपालमा रहेको छ र नेपालभित्रका पुराना खस वस्तीहरुमा इन्द्र, विनायक, ब्रह्मा, विष्णु, शिव आदि महायानी धर्मपालकहरुका पुराना मन्दिरहरु कतै देखिदैनन् ।

बुद्ध धर्मको महायान शाखा र हिन्दू धर्मका देवताहरु मिल्छन् । हिन्दू धर्मका मुख्य देवताहरुलाई महायानी बौद्धहरुले भगवान वा देवता होइन धर्म रक्षकका रुपमा मानेको देखिन्छ ।

खस साम्राज्यकालमा खस राजा र युवराजहरु बौद्धभिक्षु बनेको प्रमाण भेटिन्छ । तर महायानी देवीदेवताहरुका माडौ निर्माण गरेको देखिदैन ।

खस साम्राज्यको पतनपछी बनेका बाइसे चौबीसे राज्यकालमा पनि महायानी देवताका स्थान वा माडौं बनाएको देखिदैन । बनेका भए पनि अति न्यून छन् ।

बाइसे चौबीसे राज्य निर्माण हुनुपूर्व नै खसहरुले हिन्दू धर्म संस्कृति अवलम्बन गर्न थालेको देखिए पनि हिन्दू धर्मका मुख्य देवता ब्रह्मा, विष्णु, गणेश, इन्द्र, दुर्गा,आदिका मन्दिरहरु बनेका देखिदैनन् ।

महायानी बौद्धहरुले अरु देवताहरुको तुलनामा अवलोकितेश्वरका मूर्तिहरु अलि बढी स्थापना गरेको देखिन्छ । बौद्धहरुद्वारा स्थापित अवलोकितेश्वरका माडौंमा राखिएका मूर्तिहरुका शिरोभागमा बुद्धको प्रतिमा कुंदिएको देखिन्छ ।

त्यसरी हेर्दा हिमाञ्चलको त्रिलोकनाथ मन्दिरदेखि पशुपतिको ज्योतिर्लिङ्गसम्म महायानी बौद्धहरुले स्थापित गरेका अवलोकितेश्वरका स्थान हुन भन्न सकिन्छ ।

बाइसे चौबीसे राज्यकालका कोटहरु दुर्गा मन्दिरमा फेरिएका छन्, माइका स्थानहरु देवी भगवतीका मन्दिरमा रुपान्तरित भएकाछन् ।

खस इतिहासले उनीहरुलाई बौद्ध मतालम्बी देखाए पनि महायानी थिए भन्न गाह्रो पर्छ । किनभने खस साम्राज्यकालमा विहार र चैत्यहरु बनेका छन्, अभिलेखहरुको शिरोभागमा “ॐ मणिपद्मे हुम ” कुँदिएको देखिन्छ । ढुङ्गे कीर्तिस्तम्भहरुमा बुद्ध मूर्ती कुँदिएका देखिन्छन् । आजकाल देवल भन्ने गरिएका चैत्यहरु निर्माण भएका देखिन्छन् । हिन्दूकृत भएपछी पनि हिन्दू देवीदेवताभन्दा बढी मष्टा माडौंहरु, खस देवीहरुका स्थानहरु बनाएको देखिन्छ । सिद्धका स्थानहरु बनेका छन् ।

त्यसैले के भन्न सकिन्छ भने महायानी शाखा बन्नुभन्दा अघि नै खसहरु बुद्धमार्गी थिए र बुद्ध धर्मलाई हिन्दू धर्मले प्रतिस्थापित गरेपछी पनि खसहरुले आफ्नै परम्परागत देवी देवता मान्थे । हिन्दू देवीदेवतामा खसहरुको रुचि थिएन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved