काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराइले सरकारलाई चुनौती दिुनभएको छ ।

आफुले संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनेको,त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले पनि आफु तयार रहेको बिचार ब्यक्त गर्नु भएको छ ।
ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको,पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रस्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रस्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिकरण बनाउनु पर्ने बिचार ब्यक्त गर्नु भउको छ ।
भिजिट भिसा प्रकरणमा संस्थागत रुपमा भ्रष्टाचार भएको डा. भट्टराईको भनाइ थियो । मन्त्री, सचिवहरूको मिलिभगतमै अध्यागमनलगायतमा भ्रस्टाचार भएको बताउँदै भट्टराईले समग्र ढंगबाटै छानबिन हुनुपर्ने बताए ।
वैकल्पिक शक्तिहरूसँग जनताका मुद्धामा सहकार्य गर्दै अगाडि बढ्ने निर्णय नै गरिएको डा. भट्टराईको भनाइ थियो । पुराना, बेइमान र गन्हाएकाहरूसँग अब सहकार्य नगर्ने भट्टराईको भनाई रहेको छ ।










