काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताएका छन् ।

ती मन्त्रीका अनुसार समितिलाई एक महिनाको समय दिइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रतिपक्षी दलहरुले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।










