काठमाडौं। एसईई (SEE) दिएपछि ‘अब के गर्ने?’ भन्ने यस्तै प्रश्नहरू धेरै विद्यार्थी र अभिभावकको मनमा घुमिरहेका हुन्छन्। शैक्षिक भविष्यबारे निर्णय लिँदा जानकारी, मार्गदर्शन र अवसरको खाँचो स्पष्ट देखिन्छ।
यही आवश्यकता बुझ्दै, काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ नामक एक विशेष निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम असार २१ गते शनिबार काठमाडौंको कालंकी क्षेत्रमा आयोजना हुँदैछ।

यो कार्यक्रम एसईईपछि कक्षा ११ पढ्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको छ, जसमा विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसार कुन संकाय पढ्ने भन्ने बारेमा विशेषज्ञहरूसँग प्रत्यक्ष करियर काउन्सिलिङ पाउनेछन्।
कार्यक्रमको अर्को विशेष आकर्षण भनेको २०% देखि ९०% सम्म छात्रवृत्तिको अवसर हो, जुन राष्ट्रिय परीक्षा बोर्ड (National Examination Board – NEB) अन्तर्गतका विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायहरूमा लागू हुने बताइएको छ।
त्यसका साथै, डिजिटल युगको मागलाई ध्यानमा राख्दै KTM Minds ले २० जना सहभागीलाई निःशुल्क डिजिटल मार्केटिङ कोर्स पनि उपलब्ध गराउने घोषणा गरेको छ।
कार्यक्रममा उत्प्रेरणात्मक सत्रहरू मात्र होइन, विद्यार्थीहरूको सहभागीता बढाउने मनोरञ्जनात्मक गतिविधिहरू र तीनवटा निःशुल्क वेबिनारहरू समेत समावेश गरिने जानकारी आयोजक पक्षले दिएको छ।
📌 कार्यक्रम विवरण:
• मिति: २०८१ असार २१ गते, शनिबार
• समय: बिहान ८:०० बजे देखि ११:०० बजे सम्म
• स्थान: कालंकी, काठमाडौं (ठेगाना पछि पुष्टि गरिनेछ)
📝 दर्ता आवश्यक:
कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले अनलाइन दर्ता फारम अनिवार्य रूपमा भरनुपर्नेछ।
👉 फारम भर्नुहोस् यहाँबाट: https://forms.gle/z5FcDSjajnEFX23s9
📞 थप जानकारीका लागि:
9808899856 / 9767657592
🌐 www.ktmminds.com










