Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले पाए न्याय, निलम्वन नगर्न उच्चकाे आदेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2025
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई गरिएको निलम्बनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै हाललाई यथास्थितिमा रहन आदेश दिएको छ। अदालतले उनी पदीय कार्य सम्पादनमै सीमित रहेको भन्दै निलम्बनको तत्काल आवश्यकता नदेखिएको ठहर गरेको हो।

पाण्डेले मिति गत जेठ २० मा काठमाडौं महानगरपालिका कार्यालयको परिसरमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गर्न नदिएको भन्दै आरोप लागेका थिए। सोही आरोपका आधारमा उनीमाथि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा ९९० बमोजिम अधिकतम ६ महिनासम्म निलम्बन गरिएको थियो।

तर पाण्डेले उक्त आरोप अस्वीकार गर्दै अदालतमा निलम्बन विरुद्ध रिट दायर गरेका थिए। अदालतसमक्ष पेश भएको निवेदनमा उनले सो दिन कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड रहेको, आफूले आफ्नो सुरक्षासम्बन्धी जिम्मेवारी बमोजिम कार्यमात्र गरेको र कसैको प्रवेशमा बाधा पुर्‍याउने नियत नरहेको जिकिर गरेका छन्।

सुरक्षा जिम्मेवारीमै सीमित कार्य अदालतले प्रस्तुत निवेदनको अध्ययनपश्चात वरिष्ठ नगर प्रहरी उपरीक्षकको हैसियतले पाण्डेको जिम्मेवारी कार्यालय परिसरको सुरक्षा व्यवस्था मिलाउने रहेको र सोही आधारमा कार्य गरेकाले तत्काल निलम्बन गर्नु पर्ने अवस्था नरहेको ठहर गरेको हो।

अदालतको आदेशमा भनिएको छ, “यी निवेदक महानगर प्रहरी बलको वरियतामा रहेका अधिकारी हुन्, जसको प्रत्यक्ष नियन्त्रण तथा निर्देशन प्रमुख प्रशासकीय अधिकृतसँग रहन्छ। त्यसैले उनीमाथि लागेका आरोपहरू प्रारम्भिक रूपमा हेर्दा आदेश उल्लंघन गरिएको स्पष्ट देखिन्न।”

निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश उच्च अदालत पाटनले नियम ४२ (१०) अनुसार राजुनाथ पाण्डेलाई पदमा बहाली गर्दै तत्कालका लागि उनलाई काम गर्न दिने गरी अन्तरिम आदेश जारी गरेको छ। अदालतले प्रमुख प्रशासकीय अधिकृतसहित विपक्षी पक्षलाई उक्त आदेशको जानकारी दिई नियमानुसार जवाफ पेश गर्न पनि भनेको छ।

राजुनाथ पाण्डे विवादमा कसरी परे गत जेठ २० गते काठमाडौं महानगरपालिका कार्यालय परिसरमा सामान्य प्रशासन शाखाको विवादले उग्र रूप लिँदा पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गराएको आरोप लागेको थियो। सो घटनाको केही दिनपछि नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘शासनविरुद्ध चलेको अभियान’ भन्दै जनताको सुरक्षार्थ उभिएको पाण्डेलाई कारबाहीको निशानामा पारिएको संकेत गरेका थिए। यस घटनाले प्रशासकीय विवादलाई राजनीतिक रूप दिएको भन्दै नागरिक समाज र केही कर्मचारी संगठनहरूले समेत चासो व्यक्त गरेका थिए।

उच्च अदालतको यो आदेशसँगै राजुनाथ पाण्डे हाललाई आफ्नो पूर्व पदमा रही काम गर्न पाउने भएका छन्। तर अदालतले अन्तिम टुंगो नलागेसम्मका लागि मात्र अन्तरिम आदेश दिएको हुँदा यस मुद्दाको अन्तिम निर्णयपछि मात्र उनको सेवा अवस्थाबारे पूर्ण स्पष्टता आउनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved