काठमाडौं । डेभलमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बजेटले ल्याएको एकीकृत केवाइसीको योजनाले बैंकिङ्ग क्षेत्रलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले केवाइसी योजना जस्ता अन्य योजनाहरू बजेटका माध्यमबाट ल्याइदिएमा सम्पूर्ण आर्थिक क्षेत्रलाई राम्रो असर गर्ने बताए । उनले भने बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ।
यस्ता विषयमा काम गर्दा लामो समय लिएर गर्नुपर्ने उनी बताउँछन् । दुरगार्मी हिसाबले हेर्दा देशलाई अगाडि बढाउन एक बिन्दुमा गएर बैंकर व्यवसायीलाई छुट्टाउन एकदमै जरुरी हुने उनले बताए । संसारभरीको बैंकिङ्ग क्षेत्र हेर्न हो भने सायद धेरै व्यवसायीहरू बैंकिङ्ग क्षेत्रमा संलग्न भएको नदेखिने उनले बताए ।

बैंकिङ्ग क्षेत्र र देशको लागि महत्त्वपूर्ण विषय भनेको नै मानव संसाधन रहेको उनले बताए । मानव संसाधनमा जसरी युवा वर्ग पलायन भइरहेको छ, जसको असर अन्य क्षेत्रहरूमा देखिएको उनले बताए । साथै, बैंकिङ्ग क्षेत्रमा यसको प्रभाव झन् धेरै परेको उनले बताए । हिजोका दिनमा आफू र आफू जस्ता व्यक्तिहरूले कर्मसियल बैंकको कारणले गर्दा देश छाड्नु नपरेको र देशमा नै बसेको उनले बताए । तर, पछिल्लो समयमा देशको स्थिति फरक भएको उनी बताउँछन् ।
बैंकमा प्रवेश गर्ने मात्र नभएर बैंकमा काम गर्ने कर्मचारीको डेटा नै डर लाग्दो अवस्थामा रहेको उनले बताए । उनका अनुसार साँग्रिला बैंकमा नै अन्तिम महिनासम्ममा बैंक छाड्ने कर्मचारीमा ४० प्रतिशत विदेश जानका लागि छाडेको पाइएको उनले बताए । त्यसैले विदेश पलायन रोक्न बैंककाे भूमिकाको विषयमा परार्मश गर्न आवश्यक रहेको उनले बताए । जसमा बैंक तथा वित्तीय संस्थाहरूले परामर्श गरी रहँदा निश्चित काममा भन्दा बाहिर गएको उनले बताए । उनले भने, ‘हाम्रा कर्मचारीहरूलाई चाहिनेभन्दा बाहिर काम गर्ने र गराउने प्रविधिमा धेरै कन्टोल नगरेमा वर्क लाइफ र व्यक्तिगत जीनमा बालेन्स हुँदैन ।’










