भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल संगै भक्तपुरको सूर्यविनायकका मेयर बासुदेव थापा निलम्बित भएका छन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि थापाको पनि हातखुट्टा बाँधिएको हो।
नेकपा एमालेबाट सूर्यविनायकको मेयरमा निर्वाचित थापाले पतञ्जलीको हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेका थिए। थापाको नाममा पतंजलीको साढे ७ रोपनी जग्गा फेला परेको हो। भ्रष्टाचारको अभियोग लगाएर मुद्दा दायर भएपछि मेयर स्वतः निलम्बनमा परेका हुन्। ६१ वर्षीय थापाले अब मेयरको हैसियतमा काम गर्न पाउने छैनन्।











