Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहटमा माैलाएकाे तस्करीको सञ्जाल 

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2025

मेवालाल यादव,राैतहट। रौतहटको सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करीमा व्यापक वृद्धि हुन थालेको छ। पछिल्लो समय रौतहटको मुख्य नाका गौरसँगै अन्य सहायक नाकाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो।

सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार बैरगनियाबाट रौतहटको मुख्य नाका गौर भएर भारतीय ट्याम्पोमा प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ।

भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले नै ‘लाइन’ दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तर बीचको स्थानमा ल्याई राखिएको सामान गौर बजारसम्म सजिलै ल्याउने गरिएको छ।

गौर भन्सारमा केही महिना पहिला लक्ष्मीपुरदेखि बंकुलसम्म प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरीले कडाइ गरे तापनि अहिले चोर नाकाहरुका साथै मुख्य नाकाबाटै धमाधम तस्करीमा सहयोग गरेको स्थानीयको आरोप छ।

गौर भन्सार नाकाका साथै अन्य सानातिना नाकाहरुबाट सीमा वारपार हुने तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्ड डिएसपी गहेन्द्र भण्डारिको  कमान्ड रहेको छ। डिएसपीकै कारण सीमा वारपार तस्करी झन् बढेको स्थानीयहरुको आरोप छ।

सीमामा तस्करी नियन्त्रणको कुरो आउँदा डिएसपी गहेन्द्र भण्डारिले सर्वसाधारणलाई दुःख दिने गरेको र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन्।

तस्करहरुसँग डिएसपी गहेन्द्र भण्डारिको ‘डिल’ भएकाले तिनीहरुलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको एक स्थानीयले गुनासो गरे।

यसै गरी सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टीभन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको बुझिएको छ। केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको तस्करी भइरहेको प्रत्यक्षदर्शी स्थानीयको दाबी छ।

गौर भन्सारको मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान भएपछि सुरक्षाकर्मीहरुले मुख्य नाकामा कडाइ जस्तो देखाएर सुरक्षाकर्मीकै मिलेमतोमा अत्यधिक तस्करी भइरहेको छ। मुख्य गरी भारतीय नम्बर प्लेटको ट्याम्पोमा तस्करी हुने गरेको बुझिएको छ। यसै गरी सहायक नाकातिर भने तस्करहरुलाई सामान ओसारपसारमा केन्द्रित गराइएको छ।

सीमामा खटिएका सुरक्षाकर्मीको संलग्नतामा लक्ष्मीपुर बेलबिक्षवा, औरैया, महुलिया, बन्जरहा जस्ता खुला नाकाहरुबाट खुलेआम तस्करी भइरहेको छ। यसै गरी राजपुर, बंकुल लगायतका नाकाहरुबाट पनि दिनहुँ लाखौँको तस्करी भइरहेको छ।

भैंसी तस्कर र  कपडा , सुर्ती  तस्करसँग सशस्त्र प्रहरी औरैयालाई मासिक निश्चित रकम बुझाउने गरेको बुझिएको छ। दुवै जनालाई सुरक्षाकर्मीले लाइन दिएपछि दुवै जनासँगै अन्यले पनि दिनहुँ लाखौँको तस्करी गरिरहेका छन्।

अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरुलाई रामराज्य बनाएको गुनासो जिल्लामा बढेको छ।

यता मधेश प्रदेशका डिआईजिले तस्करी नियन्त्रण गर्न ‘स्पेसल टोली’ नै खटाएको बताउँछन्। उनले तस्करीको विषयलाई आफूले गम्भिरताका रुपमा लिएको भन्दै संवेदनशील नाकाहरुबाट माल समान नियन्त्रणमा लिने कार्य भइरहेको जानकारी दिए।

‘तस्करी नियन्त्रण गर्न हामीले स्पेसल टोली नै परिचालन गरेका छौ। संवेदनशील नाकाहरुबाट माल समान नियन्त्रणमा काम भइरहेको छ। हामीले सक्दो प्रयास गरिरहेका छौ। उनले भने

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved