कृष्ण कुँवर । मोरङको लेटाङ नगरपालिका वडा नं. ८ निवासी ३९ वर्षीय खगेन्द्रप्रसाद पाण्डेको दुवै मृगौलाले काम नगर्दा उपचारको अभाव हुँदा समस्यामा परेका छन्।
पाण्डेको दुवै मृर्गौलाले काम नगरेपछि बिर अस्पताल, काठमाडौंस्थित नेफ्रोलोजी विभागले जारी गरेको चिकित्सकिय प्रमाणपत्र अनुसार उनी हाल क्रोनिक किड्नी रोगको पाँचौं तहमा छन्, जसको अर्थ हो- मृगौलाको कार्यक्षमता पूर्णरूपमा समाप्त भईसकेको छ। अहिलेको अवस्थामा उनलाई नियमित डायलाईसिस सहित तुरुन्त मृगौला प्रत्यारोपणको आवश्यकता रहेको अस्पतालले बताएको छ ।

पाण्डे परिवार अहिले आर्थिक अभावको गहिरो संकटमा परेका छन्। मृगौला उपचार अत्यन्तै खर्चिलो प्रक्रिया भएको हुँदा उपचारमा निरन्तरता दिन सक्ने स्थिति नभएको पारिवारिक स्रोतले बताएको छ। । आर्थिक अभावकै कारण उपचारमा बाधा भैरहेको छ।
खगेन्द्रको परिवार खगेन्द्रमा नै आश्रित थियो। उनि परिवारको अभिभावक पनि हुन्। परिवारको आर्थिक अवस्था सामान्यभन्दा पनि कमजोर भएको हुँदा आफन्त छिमेकी तथा शुभेच्छुकहरूळे र समाचार हेर्ने सम्पूर्ण देशविदेशमा रहेका नेपालीहरुले उपचार खर्च जुटाईदिए खगेन्द्रको उपचार हुने आफन्त घनश्याम पोख्रेलले बताएका छन्।
खगेन्द्रप्रसाद पाण्डेको जीवन रक्षार्थ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूसँग घनश्यामळे सहयोगको लागि आव्हान् गरेका छन्। सानो सहयोगले पनि ठूलो अर्थ राख्न सक्छ। तपाईंको साथ र सहयोगले खगेन्द्रलाई पुनः जीवन दिने सम्भावना बलियो बन्न सक्छ आफन्त घनश्यामको भनाइ थियो।
सहयोगका लागि बैंकको बिबरण:-
प्राईन कमर्सियल बैक लेटाङ शाखा
खाता नं. ०४३०१०००००००५६०००१८३
खगेन्द्र प्रसाद पान्डे
सम्पर्क मोबाइल नं. ९८६३७५१५१८, ९८१६९९६८१० हो भने प्राइम बैंकको क्युआर पनि राखिएको छ।










