काठमाडौँ । काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।
शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् ।
https://www.youtube.com/watch?v=3nyiM0fvB8U&t=20s
शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट सम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।












