Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गणतन्त्रप्रति होइन, वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको हाे : अध्यक्ष दाहाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2025

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति नेपाली जनताको मोहभंग भएको भन्ने दावीलाई खारेज गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रप्रति होइन, वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको स्पष्ट पारे।

प्रचण्डले आफूले तराई र मध्यपहाडी भेगमा लाखौं जनतासँग प्रत्यक्ष संवाद गरेको अनुभव सुनाउँदै गणतन्त्रलाई नागरिकहरूले अझै पनि परिवर्तनको आशाका रूपमा हेर्ने बताएका छन्। “गणतन्त्र कमजोर भयो भन्ने भ्रम फैलाउनेहरू गलत छन्,” उनले भने, “जनता त गणतन्त्रबाट जीवनमा परिवर्तन होस् भन्ने चाहन्छन्।”

तर उनले वर्तमान सरकारको कामकारबाहीप्रति भने गम्भीर असन्तुष्टि रहेको स्वीकार गरे। प्रचण्डका अनुसार भ्रष्टाचार, सुशासनको अभाव, सामाजिक विभेदजस्ता मुद्दामा सरकार असफल हुँदा आम जनतामा आक्रोश बढेको छ, र त्यही असन्तुष्टिलाई राजावादीहरूले आफ्नो फाइदाको लागि प्रयोग गर्न खोजिरहेका छन्।

“सरकारको नेतृत्व गरिरहेका पार्टीका कतिपय गलत कामप्रति जनतामा वितृष्णा हुनु स्वाभाविक हो,” प्रचण्डले भने, “तर त्यो असन्तुष्टिलाई राजतन्त्रको विकल्प भनेर बुझ्नु मूर्खता हो।”

उनको अभिव्यक्तिले गणतन्त्रप्रति बढ्दै गएको आलोचनालाई सिधा चुनौती दिँदै वर्तमान सरकारलाई चेतावनी पनि दिएको छ—यदि भ्रष्टाचार र विभेद अन्त्य गर्न प्रयास गरिएन भने लोकतान्त्रिक मूल्य नै संकटमा पर्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

चाँगुनारायण कार दुर्घटना अपडेट: सवार पाँच मध्य तिनकाे मृत्यु

  • March 3, 2026

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved