काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० जेठमा बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने भएको छ ।
बुधबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले २० जेठको संसद् बैठक चल्न नदिने बताए ।

जिम्मेवार प्रतिपक्षी दल भएका कारण १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न दिएको विपक्षी दलहरूको भनाइ छ ।
बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले १५ जेठमा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चलणन दिएकाे बताएका थिए ।










