Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजिनामा मात्र हैन गृहमन्त्री लेखक जि बयानका लागि तयार हुनुपरेछ: माओवादी नेता दाहाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2025

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन जानु उपयुक्त हुने बताए ।

‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो क्या, जवाफ दिने होइन । उभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन । राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रष्ट माग छ । त्यो भन्दा दायाबाँया हुँदैन,’– उनले भने ।

साथै, माओवादीले पदाधिकारी बैठक नै बसेर गृहमन्त्री लेखकको राजीनामा माग गरिसकेको उनले बताए । नेता दाहालले गृहमन्त्रीको अस्वभाविक संलग्नता थिएन भने कर्मचारीलाई अदलीबदली गर्न आवश्यक नै नरहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले बदमास र बदमासी गर्न सक्ने कर्मचारी छानीछानी राखेको उनको आरोप छ । ‘गृहमन्त्रीको बारेमा, गृह प्रशासनसँग जोडिएको विषयमा हामी प्रष्ट छौं, माओवादीप्रति आशंकित हुनुपर्ने कुनै कारण छैन,’– उनले भने ।

नेता दाहालले गृहमन्त्री लेखक निर्दोष हो भन्ने बुढानीलकण्ठलाई कुनै अधिकार नरहेको बताए । निर्दोष छन् भने सफाइ पाउने र दोषी भए जेल जाने भन्दै उनले गृहमन्त्री लेखकले निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न राजीनामा दिनुपर्ने बताए ।

‘निर्दोष छन् भने सफाइ पाउँछन्, कमजोरी छ भने जेल जान्छन् । छानविन प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्छ । बन्दुक समाइराखेपछि अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ । निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्यो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved