काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुमारी बैंकबाट लिएको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले ३५ दिने सूचना निकालेको छ।
सिंहले कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरेको हो।

ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा ऋणी मुख्यमन्त्री सिंहलाई बैंकले पटक-पटक ताकेता, मौखिक तथा लिखितरुपमा सूचित गर्दासमेत ऋणी कर्जा तिर्न नआएकाले सूचना निकालिएको बैंकले जनाएको छ।










