Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्थशास्त्री डा. विश्व पौडेल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2025

काठमाडौं । लामो समयदेखि राजनीतिक रस्साकस्सी र ढिलाइका बीचमा अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अन्ततः टुंगिएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पौडेलको नियुक्ति सार्वजनिक गरेका हुन्।

गभर्नर नियुक्तिको विषयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच निर्णायक छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। त्यसपछि अर्थमन्त्री पौडेलको संयोजकत्वमा बसेको सिफारिस समितिको बैठकले डा. पौडेलको नाम अगाडि सारेको थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. पौडेल चितवनका बासिन्दा हुन्। उनले २०७९ को संसदीय चुनावमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए, तर तेस्रो स्थानमा सीमित भएका थिए। योजना आयोगमा कार्यरत रहँदा उनले नीतिगत सुधार, विकास योजनाको तर्जुमा र दीर्घकालीन रणनीतिमा उल्लेखनीय भूमिका खेलेका थिए।

गभर्नर नियुक्तिमा देखिएको लामो ढिलाइ र राजनीतिक दबाबबीच पौडेलको चयनले सरकारलाई आलोचनाबाट केही राहत मिल्ने देखिएको छ। कांग्रेस सभापति देउवाले यसअघि नै गभर्नर पद कांग्रेसको भागबण्डामा पर्ने सहमति भएको र नियुक्ति ढिलाइमा प्रधानमन्त्रीको हात नरहेको स्पष्ट पारेका थिए। अब डा. पौडेलको नेतृत्वमा राष्ट्र बैंकले मौद्रिक नीतिमा स्थायित्व र सुधारको अपेक्षा बोकेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved