Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेज द्वारा घर निर्माण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2025
चितवन । पर्यटकीय नगरी सौराहाको काखमा रहेको ओद्रा सुकुमबासी बस्तीमा बस्दै आएकी इन्दिरा अधिकारीको पक्की घरमा बस्ने सपना पूरा भएको छ । गरिबीका करण राम्रो घर बनाउन नसक्दा झुप्रोमा बस्दै आएका अधिकारीजस्ता अन्य परिवारले जंगली जनावर र बाढीको त्रासमा जीवन बिताइरहेका थिए । बस्तीमा सात सुकुमबासी परिवारले पक्की घर पाएका छन् ।

शौचालय नभएर समस्या झेल्दै आएको भन्दै अधिकारीले सपना भिलेजले शौचालयसहित पक्की घर निर्माण गरिदिएर ठूलो गुन लगाएको बताइन् । ‘पहिला शौचालय पनि थिएन, सपना भिलेजले त्यो पनि बनाइदियो’, उनले भनिन्, ‘अहिले त पक्की घर नै बनाइदिनुभयो । खरले छाएको, खडाईले बारेको घरमा बस्दा सर्पले टोक्छ कि भन्ने डर थियो । सर्प र बाढीको जोखिम अब टरेको छ, पक्की घरमा बस्ने सपना पनि पूरा भयो ।’

रत्ननगर नगरपालिका वडा नं–६, ओद्रा टोलमा रहेको उक्त बस्तीमा घर निर्माण गर्दा भएको आम्दानी र खर्च सार्वजनिक गरिएको छ । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट, रत्ननगर नगरपालिका र घरधनीहरुको संयुक्त लगानीमा सातवटा घर निर्माण गरिएको छ । सोमबार बस्तीमै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी घर निर्माण गर्दा भएको आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

सपना भिलेजका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आम्दानी र खर्च सार्वजनिक गर्दै इम्प्याक्टका वित्त अधिकृत सुदन ओलीले इम्प्याक्टको ३३ लाख २७ हजार, रत्ननगर नगरपालिकाको १० लाख ५० हजार र सम्बन्धित घरधनीको १० लाख ५० हजार गरी ५४ लाख २७ हजार रूपैयाँमा सातवटा घर निर्माण गरिएको जानकारी दिए । सात सुकुमबासी परिवारका लागि दोस्रो तलामा चोटासहित भुइँतलामा दुईवटा कोठा र एउटा सामान्य हलसहितको पक्की घर निर्माण गरिएको हो । एउटा घर निर्माण गर्दा सात लाख ७५ हजार रूपैयाँ खर्च भएको वित्त अधिकृत ओलीले जानकारी दिए ।

सपना भिलेजका धु्रव गिरीले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहामा रहेका सुकुमबासी समुदायको अवस्था दयनीय रहेको देखेपछि स्थानीय सरकारसँग सहकार्य गरी सात परिवारका लागि घर निर्माण गरेको बताए । ‘सौराहाको काखमा अभाव झेलिरहेका परिवार रहेको देख्न सकिनँ’, उनले भने, ‘सुरूमा दुःख पाएका सात परिवारलाई घर बनायौँ ।’ उनले ओद्रामा निर्माण गरिएको सातसहित रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेजले घर निर्माण गरिसकेको जानकारी दिए ।

जंगलको सिमानामा बस्ने परिवारलाई सुधारिएको चुलो, विपन्नलाई घर, बालबालिकालाई पौष्टिक आहार, चेपाङ समुदायलाई जीविकोपार्जनको आधार निर्माण गर्न आयआर्जनका कार्यक्रम तथा युवाहरुलाई सीप विकासको काम सपना भिलेजले गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं–६ की कार्यवाहक वडाध्यक्ष तथा कार्यपालिका सदस्य बबिता चौधरीले ओद्राका सुकुमबासी परिवारका लागि स्थानीय सरकारको सहकार्यमा सपना भिलेजले आवास निर्माण गरेर ठूलो काम गरेको बताइन् ।

क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालले आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएका सुकुमबासी परिवारका लागि घर बन्नु उदाहरणीय काम भएको बताए ।

सौराहाका पर्यटन व्यवसायी गोकर्ण गिरीले दयनीय अवस्थामा रहेको बस्तीमा सातवटा घर बनेपछि मुहार फेरिएको बताए । जंगली जनावर र बाढीको चेपटामा परेको परिवारलाई सपना भिलेजले सुरक्षित गर्ने काम गरेको उनको भनाइ छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका परिषद् सदस्य सुदन महतोले सुकुमबासी बस्ती विकासमा वनले सहयोग गर्ने प्रतिबद्धता जनाए । सपना भिलेज सोसल इम्प्याक्टकी अनुगमन तथा मूल्याङ्कन अधिकृत राममाया श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रम निर्देशक सावित्री पुरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved