Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देश छ तर, देशभित्र युवाहरू छैनन् : समाजसेवी योगिता बजगाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2025

काठमाडौं। काभ्रे जिल्लामा जन्मिनु भएकी योगिता बजगाईले आफ्नो शिक्षा काठमाडौंमै सुरु गरेर त्यहीं सम्पन्न गर्नुभयो। अध्ययनकै क्रममा उहाँमा सामाजिक चेतना, आत्मनिर्भरता र नारी सशक्तीकरणको भावना गहिरिँदै गयो। सानैदेखि मेहनती, अनुशासित र जिम्मेवार स्वभावकी योगिता जीवनका हरेक चुनौतीलाई आत्मबलका साथ स्वीकार गर्न सक्ने व्यक्तित्वकी रूपमा उभिनुभयो।

उहाँ नेपाली समाजमा एक असल नागरिक, समर्पित आमा, निष्ठावान समाजसेवी तथा आत्मबलको प्रतीक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। प्रचारप्रति खासै रुचि नराख्ने उहाँ सधैं कर्मलाई नै धर्म मान्नुहुन्छ। समाजमा आफूले सक्दो सहयोग गर्दै आइरहनु भएकी उहाँ विश्वास गर्नुहुन्छ—जब कुनै जिम्मेवारी लिइन्छ, त्यो जुनसुकै हालतमा पनि पूरा गर्नुपर्छ।

सानै उमेरमै वैवाहिक सम्बन्ध टुटेपछि उहाँको जीवन सहज रहन सकेन। तर उहाँले कहिल्यै हार मान्नुभएन। श्रीमानसँग अलग हुँदा कुनै सम्पत्ति नलिई केवल आफूले जन्म दिएको सानो छोरालाई अँगाल्नुभयो। त्यो छोरा नै आज उहाँको जीवनको प्रेरणा, शक्ति र संघर्षको सार बनेका छन्।

उहाँ भन्नुहुन्छ :
“आफू विदेशबाट फर्किएर नेपालमै व्यवसाय गरे पनि अहिले आएर आफ्नो एउटै सन्तानलाई देशमै रोक्न नसक्दा मलाई देशमा गहिरो परिवर्तन आवश्यक छ भन्ने महसुस भयो। अब यस्तो देश बनाउनु पर्छ, जहाँ हाम्रो सन्तान स्वाभिमानी भएर आफ्नै मातृभूमिमा बसेर केही गर्न सकून्। हामी आमाहरूले आफ्ना बच्चाहरूबाट टाढा हुन नपरोस्।”

योगिता बजगाई आफ्नो स्वास्थ्य र सौन्दर्यतामा निकै ध्यान दिनुहुन्छ, त्यसैले आजसम्म पनि उहाँको सौन्दर्यता र निर्णय गर्न सक्ने क्षमताका प्रशंसकहरू धेरै छन्।

हामीले सोध्यौं :
“हजुर सानै उमेरमा श्रीमानसँग छुटिनुभयो, फेरि विवाह गर्नु भएन, किन?”
उहाँले मुस्कुराउँदै उत्तर दिनुभयो :
“प्रेम भनेको जस्लाई पनि जति बेला पनि हुने कुरा होइन। जीवनमा म एउटा व्यक्तिलाई साँच्चै माया गरेँ। त्यो प्रेम असफल भयो। त्यसपछि त्यो खालको भावना पुनः कसैप्रति जागेन। अनि जब जीवनमा सन्तानको भविष्य बनाउने हुटहुटीले ठाउँ लिन्छ, तब यस्ता कुरा सोच्नलाई समय पनि रहँदैन।”

  समाजसेवी : याेगिता बजगाई

उहाँको यो उत्तरले उहाँको जीवनको गहिरो त्याग, मातृत्वको आदर्श र आत्मसम्मानप्रतिको दृढ निष्ठा देखाउँछ। प्रेममा धोका खाँदा पनि उहाँ उठ्न सक्नुभयो र समाजको लागि प्रेरणाको स्रोत बन्न सक्नुभयो।

नेपाल फर्किएपछि उहाँले केही विश्वासिला साथीसँग मिलेर व्यवसाय सुरु गर्नुभयो। सुरुका दिनहरू चुनौतीपूर्ण भए तापनि इमान्दारिताले काम गर्दा व्यवसाय स्थायीत्वको बाटोमा लागेको छ। उहाँ भन्नुहुन्छ:
“धेरै पैसा होइन, धेरै मन जित्न सकियो भने सफलताको स्वाद त्यहीं हुन्छ।”

उहाँसँग राष्ट्रप्रतिको चिन्ता पनि उत्तिकै गहिरो छ। उहाँ स्पष्ट शब्दमा भन्नुहुन्छ—
“देश छ तर देशभित्र युवाहरू छैनन्। पलायन बढ्दो छ। यो रोक्न गम्भीर सोच र शुद्ध राजनीति आवश्यक छ।”

जब हामीले सोध्यौं:
“हजुर कुन राजनीतिक पार्टीमा हुनुहुन्छ?”
उहाँले मुस्कुराउँदै भन्नुभयो:
“म अहिलेसम्म कुनै पार्टीमा आबद्ध छैन। मलाई देश र हिन्दू धर्मप्रति गहिरो माया छ। म राजतन्त्रको पक्षमा विश्वास गर्छु। राजा सहितको शासन प्रणालीले मात्र देशको साँचो विकास सम्भव छ भन्ने लाग्छ।

एउटा परिवार अनुशासित र बलियो हुन एक अभिभावक चाहिन्छ जस्तै, देशलाई बलियो बनाउन एक राजाको आवश्यकता पर्दछ। त्यसैबाट मात्र विकासका सम्भावना बढ्नेछन्। आज देशमा धेरै राजा ठान्नेहरू छन्, तर उनीहरूको देशप्रति माया कम र कमाउने धन्दामा बढी ध्यान लागेकाले आज देशको यस्तो अवस्था आएको हो। देशले ती सबै राजा हु भनठान्नेहरु लाई पाल्न सक्दैन किनभने उनीहरू भाडाको घर बसेझैँ व्यवहार गरिरहेका छन । देश राजाले बनाएको हो, त्यसैले राजालाई मात्र माया लाग्छ अब देश बनाउने राजा हुन् । अनि हामी जस्ता निस्वार्थ व्यक्ति जो आफ्नो देश र धर्मपरम्परालाई सधैं बचाउन चाहन्छन्, उनीहरूले मात्र देशको पक्षमा काम गर्ने हिम्मत गर्न सक्छन्।

महिला र समाजको विकासका लागि उहाँ सधैं क्रियाशील रहनुहुन्छ। सफल व्यवसायी, समाजसेवी र समर्पित आमाको रूपमा उहाँले सबैलाई उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँ भन्नुहुन्छ —
“जीवनमा दुःख, धोका, निराशा आउँछन्, तर उठ्न सक्ने हिम्मत र आत्मसम्मानले मात्र मानिसले सफलताको शिखर चुम्न सक्छ।”

योगिता बजगाईज्यू जस्ता नारीहरू अब राजनीति जस्तो निर्णायक क्षेत्रमा पनि अगाडि आउन आवश्यक छ। यस्ता आट, साहस र त्यागले भरिएका महिलालाई विशेष स्थान दिई राजनीतिक दलहरूले अवसर दिन सक्नुपर्छ। यस्ता पात्रलाई राजनीतिमा ल्याइयो भने त्यसको लाभ केवल कुनै दललाई मात्र होइन, सम्पूर्ण राष्ट्रलाई पुग्नेछ भन्ने विश्वास धेरैले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved