#कबिता#बिद्रोह
बिद्रोह सुरु भो मेरा मानिसहरु
आव!आव!!आव!!आव!आव!!
एकचोटि अमानवबाट मानव बन्न आव!
एकचोटि अछुतबाट छुत बन्न आव!!
बिद्रोहको ज्वाला दन्क्यो राप ताप्न आव!
आव!आव!!आव!!आव!आव!!
बिद्रोह सुरु भो मेरा मानिसहरु
आव!आव!!आव!!आव!आव!!

सामन्तीले भाइ मारे न्याय माग्न आव!
सामान्तिका छाउराले आमाको छातिमा
बुट मारे
तिनका बुटमा किल्ला ठोक्न आव!आव!
न्यायाधीशले अपराधीलाई दाग मुक्त गर्यो
न्यायाधीशलाई छोप्न आव!आव!
सरकारले दलितको भाग खोस्यो
आफ्नो भाग खोस्न आव!आव!
चोखो प्रेमलाई लखेट्ने मन्त्रीलाई
सिंहदरबारबाट लखेट्न आव!आव!
दलितको अधिकार र शिर कुल्चिने सामन्तिका
बिरुद्द हातमा जे छ त्यो उठाएर आव!आव!
प्रतिकार प्रकाश










