Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढिले बिगारेकाे बीपी राजमार्ग पुननिर्माण गर्न जाइकाले २ अर्ब ८० करोड जापानी येन अनुदान दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2025

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ ।

सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान दिने भनेर प्रारम्भिक मस्यौदा प्राप्त भएको छ । ‘त्यसमा राय सुझाव दिनुपर्ने हुन्छ । अहिले मन्त्रालयले सुझावका लागि मन्त्रालयले सोधेकोमा राय लेख्दै छौँ,’ उनले भने ।

हालको मूल्यअनुसार उक्त जापानी येन बराबर २ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ बराबर हुन्छ । अब जाइकाले पठाएको मस्यौदामाथि विभागले राय पठाएपछि रकमबारे टुङ्गो लाग्ने अर्यालले बताए ।

गत असोजमा आएको बाढी पहिरोले राजमार्गको २९.५ किलोमिटर सडकमा क्षति पुगेको छ । यो सडकमा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबर बजेटको स्रोत सुनिश्चित गरिएको छ ।

यो सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माणका लागि चार वटा प्याकेज छुट्याई ठेक्का आह्वान भइसकेको छ । सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरिएको छ ।

सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । तीनवटै ठेक्कामा निर्माण व्यवसायीले आवेदन गरिसकेका र छनोटका क्रममा छ ।

गत फागुन २८ गते पहिलो प्याकेज, सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको थियो । जसको लम्बाइ करिब पाँच किलोमिटर छ । यसमा ११ वटा निर्माण कम्पनीले आवेदन दिएका छन् । दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको थियो । यस ठेक्कामा ११ वटा निर्माण कम्पनीले ठेक्का प्राप्तिका लागि आवेदन दिएका छन् ।

चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । यसमा ८ वटा निर्माण कम्पनीले ठेक्का आह्वान गरेका छन् ।

बाँकी साढे ५ किलोमिटर सडक जाइकाले डिजाइन गरिरहेको छ । डालाबेसीदेखि बर्खेखोलासम्मको करिब साढे ५ किलोमिटर दूरीको अन्तिम प्याकेज हो । यसअघि जाइकाले निर्माण गरेको राजमार्ग भएकाले सरकारले कूटनीतिक सम्बन्धलाई सुमधुर राख्नुपर्ने भन्दै यो प्याकेज पुनर्निर्माणका लागि जाइकालाई छुट्याइदिएको थियो ।

नेपालका पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा  निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग  करिब १० वर्ष लगाएर सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।

२०७२ को भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । यस पटक बाढी–पहिरोले क्षतिग्रस्त भएको यो राजमार्ग पुनर्निर्माणको कार्य सरकार आफैँले गर्ने कि जापानले नै सहयोग गर्ने भन्ने विषयमा अन्योल छ ।

जाइकाले निर्माण गरिदिएको र यसअघिको भूकम्पबाट भएको क्षतिमा पनि पुनर्निर्माण गरिदिएकाले यो पटकको बाढी पहिरोले पुर्‍याएको क्षतिमा पनि सरकारले आस गरेको थियो ।

त्यसैले तत्काल पुनर्निर्माणका लागि कदम चालेको थिएन । पटक–पटक जाइकासँग पुनर्निर्माणबारे छलफल गरिरह्यो । जाइकाले यो राजमार्ग पुनर्निर्माणका लागि कुनै  ठोस निर्णय नदिएपछि फागुन अन्तिममा ठेक्का आह्वान गरेको थियो । अहिले आएर भने जाइका कुल लागतको एकतिहाइ रकम अनुदान दिन तयार देखिएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved