Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिमा रकम ठगि गर्ने बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2025

काठमाडौं ।  श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको मृत्यु भएपछि हकवालाले पाउनुपर्ने बिमा रकममा जालझेल गरी ठगी गर्ने एक बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ केराबारी गाउँपालिका– ९ देवीझोडाका ३७ वर्षीय नइन्द्र विश्वकर्माको हकवाला श्रीमतीलाई झुक्यानमा पारेर बिमा रकम ठगी गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रबन्धक सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा मुद्दा दर्ता गरेको हो ।

बिमितका हकवालाले पाउनुपर्ने रकम दिनुको साटो उल्टै झुक्यानमा पारेर ठगी गर्ने अधिकारीलाई मोरङ जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । प्रहरीका अनुसार विश्वकर्मा ०८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि बहराइन गएका थिए । तर, मिर्गौलाको गम्भीर बिरामी भएपछि उनी एक वर्षपछि ०८१ मै स्वदेश फर्के । उपचारकै क्रममा उनको मृत्यु भयो ।

श्रीमान्को मृत्यु भएपछि हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बिमाबापतको १३ लाख रुपैयाँ लिन श्रीमती भीमकुमारी विश्वकर्मा विराटनगरस्थित सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा पुगेकी थिइन् । तर, कार्यालयका शाखा प्रबन्धक सन्तोष अधिकारीले बिमासम्बन्धी जानकारी नभएको र पढलेख पनि गर्न नसक्ने देखेपछि दाबीकर्ता मृतककी श्रीमतीलाई झुक्यानमा पारेर विभिन्न कागजात र खाली चेकमा सहीछाप गर्न लगाएर भुक्तानी लिन भन्दै ग्लोबल बैंकमा एकल र संयुक्त खाता खोल्न लगाएका थिए ।

त्यसपछि अधिकारीले हकवाला भीमकुमारीलाई दाबीअनुसार १३ लाख नदिई १५ वर्षको भदा नाताका प्रतीक विश्वकर्मा र मृतककी जेठी श्रीमती मिरा विश्वकर्माको नाममा क्रमशः वार्षिक ५१ र ७० हजार रुपैयाँ किस्ता तिर्नुपर्ने गरी बिमा दर्ता गराएर आफूखुसी थप आर्थिक भार थपिदिएका थिए । हकवाला श्रीमतीले दाबीअनुसारको रकम माग गर्दा पाँच लाख ७० हजारभन्दा बढी दिन नसक्ने भन्दै हप्काएर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved