Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालमा सच्चा कम्युनिस्टको खडेरी परेकै कारण सामन्तीहरुले स्थान पाउदैछन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2025

नेपालमा अहिले सम्म सच्चा कम्युनिस्टको खडेरी परेकै कारण सामन्ती दलालहरुले स्थान पाउदैछन । यथार्थ यहि नै हो कि नेपालमा अहिले सम्म सच्चा कम्युनिस्टको जन्म नभएकै कारण यथास्थितिबादी सामन्ती दलालहरुको कारण नेपाल देस जंगली युग भन्दा माथी उठन नसकेको अवस्था हो।

हाल बिक्रम सम्बत २०८२ साल सम्म आइपुग्दा बिस्वमा कम्युनिस्टको जन्म भएको १७६ बर्ष पूरा हुदैछ भने नेपालमा कम्युनिस्ट बिचारलाइ स्थान थालेको जम्मा ७६ बर्ष पूरा हुदैछ।बिस्वमा स्टालिन,फ्रेडरिक एङगेल्स,कार्लमार्स्क,लेनिन र माओत्सेतुङ मार्फत कम्युनिस्ट दर्शनले चर्चा पाउदै गयो। नेपालमा भने पुष्पलाल श्रेष्ठ हुदै बर्तमान अवस्था सम्म आइपुग्दा कम्युनिस्ट भन्ने शब्द हरेक जनताको मुख मुखमा झुण्डिए त पनि कम्युनिस्टले गर्छ चाही भन्ने अवस्थामै सिमित छ।

बास्तबमा सुरुको कम्युनिस्ट दर्शनलाइ लागू गर्ने देसहरु अहिले बिस्वमा सक्तिसाली देसको रुपमा परिचीत छन र नेपालमा भने कम्युनिस्टको भाषा मात्र बोल्ने काम भएकोछ अनि यथार्थमा चाही सामन्ती दलालहरुको इसारामा कम्युनिस्टको भाषा बोल्नेहरु चल्दैछन।कम्युनिस्टको अर्थ साम्यवाद हो।साम्यवाद जाती विभेद भाषा विभेद धार्मिक बिभेदको नीति रहदैन।धार्मिक विभेद,जाती विभेद भनेको सामन्ती दलाल फटाहाहरु कुसंस्कार र अपराधिक संस्कार हो।

कम्युनिस्ट दर्शन भित्र समाजवादको दर्शन पनि लुकेको हुन्छ।समाजबाद बर्गिय युध्द र बर्गिय विभेद हुदैन।समाजबादमा बर्गबिहिन समाज हुन्छ।बर्गबिहिन समाजमा मानिस मानिसको विभेद हुदैन मात्र हामी मानिस हौ भन्ने बिचारबाट समाज चल्छ।दुखको कुरा त यो छ कि नेपालमा प्रजातन्त्रको उदय भए देखि यता पटक पटक सासकिय स्वरुप फेरिए।

कम्युनिस्ट दर्शनले मात्र नेपालको बिकास हुन्छ भन्दै बिक्रम सम्बत २००७ साल,बिक्रम सम्बत २०१९ साल,बिक्रम सम्बत २०३६ साल,बिक्रम सम्बत २०४६ साल,बिक्रम सम्बत २०५२ साल देखि बिक्रम सम्बत २०६२ र २०६३ साल सम्मको जनआन्दोलन हुदै हाल बिक्रम सम्बत २०८२ साल सम्म आइपुग्दा त कम्युनिस्ट दर्शन बोकेका दुई तिहाइ भन्दा बढी मत प्राप्त गरेको कथित कम्युनिस्ट सरकारले सत्ता सम्हाल्दै गरेको अवस्थामा पनि देसमा झन झन सामन्ती दलालहरुले टाउको उठाउदै जानुको कारण र देसमा सन्तोषपुर्ण बिकास नहुनुको कारण के होला? देसमा सन्तोषजनक बिकास नहुनुको कारण र देसमा सामन्ती दलालहरुले टाउको उठाउदै जानुको कारण बारे छोटो चर्चा गराेैँ।

 # देसमा बुर्जुवा शिक्षा हुनु।
यथास्थितीबादी सामन्ती दलालहरु द्वारा निर्देशित बुर्जुवा शिक्षा नै नेपालको बिकासमा बाधक र समस्या हो।अब्यबहारिक कागजी बाघ सैलिको घोकन्ते बुर्जुवा विद्याले देसको बिकास नहुने पक्का छ।क्लास चढनका लागी कपिमा लेखेर घोक्दै,घोकन्ते शिक्षाकै आधारमा परिक्षा दियो,अनि आफुले धेरै पढेको घमण्ड देखाउदै बस्यो,तर उत्पादन र निर्माण गर्ने क्षमता भने केही नहुनु नै बुर्जुवा शिक्षाले ल्याएको समस्या हो।

बिक्रम सम्बत २०५२ साल देखि २०६२ साल सम्म दस बर्षे माओवादी जनयुद्ध भयो।दस बर्षे माओवादी जनयुद्धकालको धेरै वटा दर्शनहरु मध्य सामन्ती दलालहरु द्वारा निर्देशित बुर्जुवा शिक्षा खारेज गर्नु पर्छ र गर्छौ भन्ने थियो। तर, जब उहि दस बर्षे माओवादी जनयुद्ध चर्काउने कम्युनिस्ट भनिएकाहरु सत्तामा पुगे पछि त झन अत्यधिक मात्रामा सामन्ती दलालहरु द्वारा निर्देशित बुर्जुवा शिक्षाले स्थान पाउदै गएको कारण पनि नेपालमा सच्चा कम्युनिस्ट आएकै छैन भन्न सकिन्छ।

कुरा स्पष्ट छ कि बेद,पुराण र रामायणका कथा पढेर पढाएर देसमा शान्ती आउदैन,देसमा बिकास आउदैन र देसमा बैज्ञानिक शिक्षा र बिकासले स्थान पनि पाउदैन।यदि अझै पनि बेद,महाभारत र रामायणका कथालाई नै बिधालयको शिक्षा बनाउने हो भने नेपाल पनि बेद पुराण महाभारत र रामायणका कथा जस्तै युद्ध गर्ने,जाती विभेद र धार्मिक विभेद गर्ने काम बाहेक केही हुदैन र देसमा बिकास पनि हुदैन।यदि देसमा बिकास हुनु पर्छ र देस नेपाल परनिर्भर नभएर कम्युनिस्ट देस चीन र रुस अनि जापान कोरिया जस्तो बिकसित देस यदि हुनु पर्छ भने कागजी बाघ सैलिको घोकन्ते बुर्जुवा शिक्षालाई खारेज गरि नेपालमा ब्यबहारिक बैज्ञानिक शिक्षालाई लागू गर्नु पर्छ।

उदाहरणको लागी कक्षा दस पास गरेको बिद्यार्थीले घडी उत्पादन गर्न सकोस,कक्षा आठ पास गरेको बिद्यार्थीले कम्युटरको हरेक पाठ पुर्जा बारे ज्ञान प्राप्त गरोस र आफैले उत्पादन गर्न सक्ने बनोस।उदाहरणको लागी कक्षा ११ र १२ पास गरेको बिद्यार्थीले मोबाइल आफैले उत्पादन गर्न सकोस।उदाहरणको लागी बिज्ञान पढेका बिद्यार्थीमा हरेक चिजको रचना गर्ने क्षमताको निर्माण होस र पो देसमा बिकास हुन्छ।तर सामन्ती दलालहरु द्वारा निर्देशित बुर्जुवा शिक्षालाई बढवा दिदै कम्युनिस्टको भाषा मात्र बोल्दै जाने नै हो भने देसमा कुनै बिकास पनि हुदैन र अबको केही बर्ष पछि नेपालको कम्युनिस्ट भनेको इतिहासमा सिमित हुन पुग्छ।

# सामन्ती दलालहरु नै शासन सत्तामा हुनु।
देसमा पटक पटक सासकिय स्वरुप फेरिए त पनि शासन सत्तामा भने सामन्ती दलालहरु नै पुग्नु र हुनु नै नेपालको बिकासमा बाधा हो र समस्या हो।दिन रात कम्युनिस्टको भाषा बोले त पनि उहि सामन्ती दलालहरु नै सत्तामा पुगेको देखिन्छ।एक जना बुध्दिजिबी ब्यक्तिले दस जना मूर्ख र असभ्य ब्यक्तिसग संगत गर्दै गयो भने केही दिन पछि त्यो बुध्दिजिबी ब्यक्ती पनि मूर्ख र असभ्य चाल चलनमा परिणत हुन्छ।

एक जना असल ब्यक्ती दस जना सामन्ती दलालहरुसग संगत गर्न पुग्यो भने त्यो असल मानिस पनि सामन्ती दलालको भाषा बोल्ने बन्छ।ठिक नेपालका कम्युनिस्टहरुले पनि सामन्ती दलालहरुसग संगत गर्दै गएको कारण आफुले कम्युनिस्टको भाषा बोले त पनि आफू सच्चा कम्युनिस्ट नभएर सामन्ती दलालहरु बन्न पुगेको देखिन्छ।

हाल उहि सामन्ती दलालहरु नै देसको ठुला ठुला पदमा आशिन हुन पुगेका छन।सामन्ती दरबारिया युगका ब्यक्तिहरु नै सरकारी कर्मचारी छन र सरकारी कार्यालयमा उहीँ सामान्ती दलालहरु नै हाकिम हुन पुगेका छन। नेपालका न्यायपालिकामा उहि सामन्ती दलालहरु पुगेका छन।नेपालका ब्यबस्थापिकामा उहि सामन्ती दलालहरु नै पुगेका छन।नेपालका कार्यपालिकामा उहि सामन्ती दलालहरु नै प्रमुख निर्णय गर्ने ठाउमा आसिन हुन पुगेका छन।नेपालका पत्रकारिता क्षेत्रमा पनि उहि सामन्ती दलालहरुले नै चलखेल गर्दै छन।

नेपालका सुरक्षा कर्मी भनिएका आर्मी प्रहरी भित्र पनि उहि पुरातन सोचाइ भएका यथास्थितिबादीहरुले स्थान पाउनुको कारणले पनि नेपालमा सच्चा कम्युनिस्टको जन्म भएकै छैन भन्न सकिन्छ।बास्तबमा कम्युनिस्टको काम भनेको सामन्ति दलालहरुलाई तह लगाउदै देसमा बैज्ञानिक शिक्षा लागू गर्दै बर्गबिहिन समाज निर्माण गर्दै देसलाइ बिकसित बनाउनु हो।तर खोइ त नेपालमा कम्युनिस्ट?खोइ त सच्चा गणतन्त्र?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved