काठमाडौं । सहकारी ठगी प्रकरणमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारीसँग प्रत्यक्ष सम्बन्ध नहुँदा पनि जेलमा छन्, भने एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक भएरसमेत १० लाख धरौटीमा छुटेकी छन्।

रविमाथि चार जिल्लामा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ, जबकि अञ्जलालाई ‘फास्ट ट्र्याक’मार्फत धरौटीमा रिहा गरिएको छ। कानुनका जानकारहरू भन्छन्—न्यायमा राजनीतिक पहुँच र अनुहार हेरेर फरक व्यवहार हुनु न्यायालयको विश्वसनीयताका लागि घातक छ।










