Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनटीएनसीको नयाँ कार्यालय रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2025

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र नयाँ कार्यालय स्थापना गरेको छ । सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोषको रारास्थित कार्यालयको उद्घाटन गरेका हुन् ।

निकुञ्जको केन्द्रीय कार्यालय रहेको हुटुमा कोषको रारा संरक्षण कार्यक्रम कार्यालयको उद्घाटन गरिएको कोषका सदस्य सचिव डा.नरेश सुवेदीले जानकारी दिए ।

उक्त कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता सम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धानका कार्यहरू गर्ने सदस्य सचिव सुवेदीले बताए ।

कोषका अध्यक्ष समेत रहेका वन मन्त्री शाहीले रारामा स्थापना गरिएको कार्यालयबाट मुगुवासीले जैविक विविधता तथा जलवायु परिवर्तनलगायतका क्षेत्रमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे ।

कोषको यो कर्णाली प्रदेशमा पहिलो कार्यालय हो । नयाँ कार्यालयले कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य, र पर्या पर्यटन प्रवद्र्धनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।

एनटिएनसी अन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमले हाल उक्त फिल्ड अफिसको प्रारम्भिक गतिविधिहरूको संयोजन गरिरहेको छ । एनटिएनसीका अनुसार यो पहल नेपालको एक दुर्गम तर जैविक दृष्टिले समृद्ध भूभागमा संरक्षण तथा दिगो विकासलाई नयाँ उचाइमा लैजाने रणनीतिक कदम रहेको जनाएको छ ।

यो सँगै कोषको मधेश प्रदेश बाहेक नेपालका सबै प्रदेशहरूमा कार्यालय विस्तार गरेको छ । कोषले तराई क्षेत्रलाई लक्षित गरेर कोसी, चितवन, बर्दिया र शुक्लाफाँटामा कार्यालय सञ्चालन गरेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए ।

हाल कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको अधिकृत पोखरेलले बताए । यस्तै, कोषले जावलाखेलमा रहेको सदर चिडियाखानाको पनि व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved