काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गतेका लागि सभा आह्वान गरेको हो । सभा भरतपुरको गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ ।
यस्ता छन् ६ प्रस्तावहरु :

१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
३ कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०६१ / ०८२ को लागि बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. सर्वसाधारण शेयर धनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने सम्बन्धमा ।
५. संचालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधाका सम्बन्धमा ।
६. कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन सम्बन्धमा ।










