भक्तपुर । विभिन्न शिर्षकमा बिबादमा परिरहने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री फेरि एक पटक बिबादमा परेका छन्। यस पटक उनिमात्र हैन नेपाल सरकारका स्वास्थ मन्त्री समेत रहेका प्रदिप पाैडेललाई समेत बिबादित पारेका छन्।
केही समय अघि नगर भित्र बालुवा खानि सञ्चालनमा राेक लगाए पनि जमिन सम्याउने बहानामा बालुवा बेचेकाे आराेप खेपाेका मेयर खत्रीलाइ शहिदशहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र निर्माणकाे बिषयले बिबादिन बनाएकाे छ।

चागुनारायण नगरपालिका ३ नम्बर वडामा पर्ने ३१ रोपनि जमिन जाे शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेण केन्द्रकाे नाममा नेपाल सरकार मन्त्रि परिषदले २०७८/२/१३ को निर्णय गरि जग्गा दिएको थियाे। याे आफ्नाे नाममा रहेकाे जमिनमा हस्पिटल बनाउन किन चाहन्न शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र ?
के बिषयमा किन चलखेल गरिरहेको छ यो अनुसन्धानको बिषय हुनु पर्छ भने, चागुनारायण नगरपालिकाले साे बिबाद रहित जमिनमा बनाउन ठोस पहल नगरि वडा नम्बर ८ सुडाल स्थित बिबादास्पद जमिनमा किन बनाउन चाहन्छ? जाे जमिन ब्यक्तिकाे नाममा दर्ता हुने प्रकृयामा रहेकाे बिबादित जमिन हाे।
२०७८ साल जेष्ठ १३ गत्ते नेपाल सरकारकाे मन्त्री परिषद्ले निर्णयगरि शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्रकाे नाममा प्राप्त भएकाे चागुनारायण नगरपालिका वडानम्बर ३ झाैखेलकाे जग्गामा बनाउन प्रयत्न नगरि आलटाल गरेर ८ नम्बर वडा सुडालकाे बिबादित जग्गामा बनाउनु खाेज्नु नगरपालिका र नगर प्रमुखकाे के स्वर्थ छ?
पहिला जमिन लिँदा प्राविधिकले ठिक छ भनी अस्पतालले लिएकाे जमिनलाई अहिले फिल्ड भिजिट नगरि नगरप्रमुखले स्वास्थ्य मन्त्रीलाई झाैखेलकाे जमिन भिरालाे छ भनी अवगद गराएकाे र मन्त्रीले पनि उक्त झाैखेलकाे जमिन प्राविधिकबाट निरिक्षण नगरि अर्काे जमिन देउ भन्नू कति न्याय संगत हुन्छ?
एउटा युवा, जल्दाेबल्दाे मन्त्रीले झाैखेल,दुवाकाेट, चाँगु र छालिङ लगायत भक्तपुर नगरकाे केही वडालाई समेत प्रत्येक्ष लाभ दिने स्थानमा अस्पताल बनाउन हुन्न भन्नू कतै स्वास्थ्य मन्त्रीको पनि मिलेमताे त छैन??
हेराैँ यी दुबै जमिन सम्बन्धि थप कागज पत्रहरु:











