Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे ४३ वटा याेजनाहरुकाे मर्मत तथा पुननिर्माणका लागि काेशी प्रदेशबाट ३ कराेड १७ लाख बजेट विनियाेजन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2025

खोटाङ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङका सडक तथा पूल पुनर्निर्माण गर्न वजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्रै ४३ वटा योजनाहरुको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि तीन करोड १७ लाख बजेट विनियोजन गरेको हो।

भौतिक पूर्वाधार विकास/ स्वास्थ्य मन्त्री भूपेन्द्र राईका अनुसार जालपा–कादेल–बाक्सिला सडक ग्राभेल गर्न सात लाख, दिक्तेल–जालपा–एसेलुखर्क जोड्ने सडकलाई सात लाख, बानाचुङदेखी दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकलाई सात लाख, किरात चोकदेखि आहालडाँडा खेल मैदान जोड्ने सडकलाई सात लाख, भाडबेशी हलेसी सडक पुनर्निर्माण गर्न सात लाख, नेर्पाको हरेलोडाँडा देखि संसारीडाँडा बंगुर फर्म गुप्तश्वर सडक मर्मत गर्न दश लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहाले–लिपेदोभान–हलेसी तुवाचुङ नगरपालिका–११राजापानि–महभिर रेग्मीटार सगरमाथा सडक मर्मत गर्न सात लाख विनियोजन गरिएको छ।

दिक्तेल–साप्सुखोला–मात्तिम–मनेभंज्याङ–पाँचधारे सडकलाई सात लाख, बाँझे चिहानडाँडा रतन्छा मानेभन्ज्याङ काल्चिन खोला सडकलाई सात लाख, कालापानी ठुलिबेसी खोटाङबजार सडकलाई सात लाख, डुम्रीबोटे–रुम्दु–फोक्सिङटार योजना बराहपोखरीलाई सात लाख, धाप्लाङ धर्तङ बराहपोखरी सडकलाई सात लाख, साउनेचौरदेखि बंदुवा आसावाला फोक्सीङटार सडकलाई बिस लाख, धाप्लाङ मांसिङटार खाप्ताङ सडक, बराहपोखरीलाई सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाँउ सडक मर्मतलाई बाह्र लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकलाई तेह्र लाख, ढाडेखोलादेखि पुरानागाँउ लफ्याङ जोड्ने सडकलाई सात लाख, टुवाखोला दिहु जनसेवा मावि हुँदै छितापोखरी सडकलाई दश लाख, पंचमी–टुवाखोला–रोक्सिङ सडक मर्मत गर्न तेह्र लाख विनियोजन गरिएको छ।

चिसापानी छिमवा भन्ज्याङ्ग खर्क सडक मर्मत गर्न सात लाख, चिसापानी वंशीला सडकलाई दश लाख, संसारीडाँडा बगरेभञ्जाङ्ग सडक मर्मतमा सात लाख, सिन्ताङ खुन्द्रे जन्तेढुंगा सडकमा आठ लाख, बाक्सिला–खार्तम्छा–फेदी–धोद्र्रे सडक मर्मतमा आठ लाख, बाक्सिला खत्रीगाँउ दिप्सुङ बहाने सडकलाई सात लाख, सुन्तले माकापू लुवंग सडक मर्मत गर्न सात लाख, जुगेबारी फुलपाति प्राबि स्कुल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थ चौकि पाथेका जाने सडक मर्मत गर्न सात लाख, विजुले, वुईपा, बाम्राङ दिक्तेल सडकलाई आठ लाख, साबिक ५ वडा देखि साबिक वडा नम्बर ४ र ६ हुँदै स्वास्थ्य चौकी जाने सडक ऐसेलुखर्क गाउपालिकालाई सात लाख, दुदिले–खानामा सडक बुवालुङलाई सात लाख वजेट विनियोजन गरिएको मन्त्री राईले बताए।

मन्त्री राईका अनुसार गत असोज १२ गते भिषण वर्षासँगै आएको भलबाढीले क्षति गरेका चिपटार झोलुङगे पुल, डिकुवा नर्सरी झोलुङगे पुल, चारवोटे झोलुङगे पुल, कुर्लेघाट झोलुङगे पुल, वतासेघाट झोलुङगे पुल, लैकुघाट झोलुङगे पुल, गोडेली झोलुङगे पुल, हैदे झोलुङगे पुल, धाप्लाङ झोलङगे पुल,बंशिलाघाट झोलङ पुल, भँडारे झोलुङगे पुल, कम्फु झोलुङगे पुल र मैनाटार–चौदन्डी झोलुङगे पुल पुनर्निर्माण गर्न सात–सात लाख वजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved