Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्निका कारण अख्तियारकाे झमेलामा पूर्व आईजीपी कुँवर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 21, 2025

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर आफ्नी पत्नी लक्ष्मी पराजुलीका कारण झमेलामा परेका छन् ।

पूर्वआईजीपी कुँवरकी पत्नी पराजुली प्राथमिक विद्यालयको स्थायी शिक्षिका हुन् । उनको दरबन्दी गृहजिल्ला अर्घाखाँचीको विद्यालयमा दरबन्दी रहेको छ ।

पूर्वआईजीपी कुँवर र पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा/काज सम्बन्धी उजुरी परेको छ । कुँवर र पराजुलीविरुद्ध आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

शिक्षिका पराजुली चार वर्षअघि माओवादी निकट शिक्षक संगठनमा आबद्ध थिइन् । पराजुलीलाई तत्कालीन माओवादी नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ४ मा पर्ने पञ्चकन्या प्राथमिक विद्यालयमा सरुवा गरिएको थियो ।

सरुवापछि वडाध्यक्ष दिनेश महर्जनको सिफारिसमा पराजुलीलाई दरबन्दी नै नभएको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गराइएको थियो । पराजुली काजमा बसेको बेला पञ्चकन्यामा महानगरपालिकाले खेताला शिक्षक करारमा राखेको थियो ।

कुँवर आइजीपीमा नियुक्त भएको तेस्रो दिनमै पराजुलीको काज प्रहरी मुख्यालय नक्सालमा भएको थियो । कुँवरले आईजीपीबाट अवकाश पाएको १० दिनपछि मात्र पराजुलको काज फिर्ता भएको रेकर्डमा देखिएको छ ।

शिक्षिका पराजुलीको काज प्रक्रियाविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको स्रोतले जनाएको छ । अख्तियारले काठमाडौं महानगरपालिका वडा नं. ४ को वडा कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाएर विस्तृत विवरण मागेको छ । प्रहरी स्रोतका अनुसार पत्र पुगेको पुष्टि भए पनि त्यसको जवाफ पठाइएको वा नपठाइएकोबारे स्पष्ट जानकारी छैन ।

शिक्षिका पत्नी पराजुलीको काज÷सरुवामार्फत भएको अनियमितता उजागर हुँदै जाँदा पूर्वआईजीपी कुँवर कानूनी र नैतिक घेरामा पर्न सक्ने संकेत देखिएको छ ।

आईजीपी हुँदा नक्सालमा रहेको सरकारी क्वाटरमा विचौलिया र दलालहरूसँग हिमचिम बढाएका कुँवरका कर्तुतहरू एकपछि अर्को बाहिर आउन थालेका छन् । कुँवरको सम्पत्ति छानविनको माग पनि उठेको छ । सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन आईजीपीको कुर्सीमा बसेर कुँवरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चाकढी गरेका थिए ।

आईजीपी पदको शक्तिको दुरुपयोग गरेर कुँवरले पत्नीलाई हेडक्वाटरमा ल्याएर अख्तियारी दुरुपयोग गरेका छन् । यो पनि भ्रष्टाचार नै हो । सबैले यसैगरी अख्तियारी दुरुपयोग गरेर शक्तिको दुरुपयोग गर्ने हो भने शिक्षाको अवस्था के हुन्छ ? प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved