काठमाडौं । लगातारको बर्षातका कारण भिषण बाढीले बगाएको सिन्धुपाल्चोक मेलम्चीका बाढी पिडितहरुलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाण्डौं महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यत्रम सार्बजनिक गर्ने क्रममा मेयर विद्यासुन्दर शाक्यले मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

निति तथा कार्यक्रम सार्बजनिकका क्रममा मेयर शाक्यले भन्नु भयो “हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएर लगाएको गुण उहाँहरुलाई दुःख पर्दा थोरै भएपनि मल्हम बनेर महानगरले सहयोग गर्न लागेको हो ।” मेलम्ची नगरपालिका र काठमाडौँ महानगरपालिका भगिनी सम्वन्ध भएका नगरहरु हुन् ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ ।










