काठमाडौं । खाेटाङ जिल्लालाई पूर्वि तराईसँग जाेड्ने लाइफलाइनकाे रुपमा रहेकाे उदयपुरबाट दिक्तेल जाेड्ने सडकमा पर्ने दुधकाेशी नदिमा पुन: पक्कि पुल निर्माण हुने भएकाे छ।
गत असोजको बाढीले बगाएको फोक्सिङटारको पुलको निर्माणकाे लागि सरकारले ३५ करोड बजेट छुट्याएको नेकपाएमाले पाेलिटव्युराे सदस्य समेत रहेका पूर्व माननीय विशाल भट्टराईले जानकारी दिएका हुन्।

बाढिद्वार पूर्ण क्षेति भएकाे फाेक्सिनिटारकाे पुल निर्माणको प्रकृया अघि बढ्ने कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल, सचिव केशव शर्मा र महानिर्देशक रामहरि पोखरेलले भट्टराई सहितलाई बताएका हुन्।
पुल भत्कनासाथ सरकारले सुरुमा भारतलाई र पछि चिनलाई १२० मिटरको बेलिबृज माग गरेर पत्राचार गर्यो तर हाल साे फाेक्सिनिटारमा बेलिब्रिजबाट कष्टकर यात्र गर्न खाेटाङ्गे जनता बाध्य छन्।
बर्षातकाे सिजन सुरु हुनु अगाबै जेठमै हाल चलिरहेकाे बेलिबृज निकालेपछि मंसिरसम्म झनै अवस्था कष्टकर हुने नै छ। अनेकन प्रयत्नका बाबजुद बर्षातको लागि कुनै बिकल्प दिन मन्त्रालयले सकेन । १२० मिटरको खरिद गरेरै भए पनि ल्याउन सरकारले डिजाइन, इष्टिमेट गरेर आन्तरिक पहल गर्यो तर पनि सम्भव भएन्। ( यी पहलकदमीका सबै कागजपत्र सुरक्षित छन ) भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।










