Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अराजक राजावादीहरु : गिदाेन लामिछाने ( तारा )

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 10, 2025

विश्वमा यतिबेला पुँजीवादीहरु, समाजवादीहरु, व्यक्तिवादीहरु, अराजकतावादीहरु, राष्ट्रवादीहरु र गान्धीवादीहरुको जमात मध्ये कसले शासन सत्ता आफ्नो पकडमा राख्ने भन्ने होडवाजीमा रहेका छन् । नेपाल लामो समयसम्म सामन्तवादी युगमा थियो । नेपाली जनताको क्रान्ति पछि राजनीतिक नेतृत्व परिवर्तन भयो र अहिलेको नेपाली शासन सत्ता समाजवाद उन्मुख पुँजीवादी राष्ट्र हो । व्यवहारिक रुपमा नेपालको राज्यसत्ता दलाल पुँजीवादीहरुको हातमा रहेको छ । त्यसैले सामन्तवादी व्यवस्था फर्काउनका लागि केहि व्यक्ति तथा समूहहरुले यतिवेला राजा फर्काउने र नेपालमा पुनः राजतन्त्र र हिन्दु राज्य पुर्नस्थापना गर्ने नाममा देशको मुख्य राजधानी काठमाण्डौंमा चैत्र १५ गते प्रदर्शन भयो ।

राजवादीहरुको आन्दोलन हिंसात्मक, अराजक र आतङ्कवादी देखियो । वास्तवमा उक्त आन्दोलनको नेतृत्व गरेका झापा विर्तामोड स्थित विएण्डसी अस्तपालका सञ्चालक दुर्गा प्रसाईले गरेका थिए । दुर्गा प्रसाई केहि वर्ष अघिदेखि लघुवित्तिय संस्था, बैंक र सहकारी विरुद्ध आन्दोलनमा छन् । उनी उक्त संस्थाहरुबाट लिएको ऋण मिनाहा गराउने भन्दै सर्वसाधारणलाई उचाल्दै आएका छन् ।

२०८१ चैत्र १५ गते काठमाण्डौंमा पूर्वपञ्च नेता राजावादी नवराज सुवेदीको संयोजकत्वमा गठन भएको कथित संयुक्त जनआन्दोलनमा प्रसाईलाई आन्दोलनको कमाण्डर तोकिएको थियो । उक्त आन्दोलनको रणनीति तयार गर्दा प्रसाईले तिनकुनेमा कोण सभा गर्ने, प्रहरीलाई उत्तेजित पार्ने र दमन गराएर भिड तितरवितर भएपछि राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी गर्ने, व्यक्तिका घरजग्गामा आक्रमण गर्ने, पसल तथा घरघरमा छिरेर लुटपाट सम्म मच्चाउने थियो । त्यसक्रममा २ जना व्यक्तिको हतया समेत भयो भने सयौं घाइते बनेका छन्, त्यसको पूर्ण जिम्मेवारी राजावादीहरुले लिनु पर्छ । लुटपाट, हत्या र आतङ्ककारी गतिविधि गर्नु भनेको अराजनीतिक गतिविधि हो ।

वास्तवमा नेपाली जनताले ठूलो दुःख, त्याग र बलिदान गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा भएको यो अराजक गतिविधिले राजवादीहरुको चरित्र उदाङ्गो भएको छ । यसले उनीहरुको कुण्ठा, अराजकता र आतङ्ककारी सोंच प्रष्ट देखिएको छ । त्यसैले उनीहरुलाई अब राज्यले पूर्ण प्रतिबन्ध लगाई कानूनी दायरामा ल्याई दण्डित गरेर मुलुकमा शान्ति कायम गर्नु र जनताको जिउधनको सुरक्षा गर्नु राज्यको कर्तव्य हो ।

नेपालका राजावादीहरु मनुस्मृतिमा आधारित छन् । मनुस्मृतिको सातौं अध्यायमा राजा सम्बन्धि शिक्षा र व्यवस्थाको उल्लेख गरिएको छ । राज्य बन्नुभन्दा पहिला मानिसहरु एक अर्काबाट असुरक्षित थिए, मानिसहरु मध्ये सबैभन्दा महान व्यक्तिलाई राजा बनाउने र त्यो वंशगत आधारमा राजा हुने परम्परा बसाल्ने शिक्षा मनुको हो । मनुको शिक्षा आजको युगमा असुहाउँदिलो, अमान्य र मानव एकताको शत्रु हो । उक्त शिक्षाले जात व्यवस्था, लैङ्गिक भेदभाव, कठोर सजाय, विरोधभासी र पुरोनो रुढीग्रस्त छ । त्यसैले मनुवादी दृष्टिकोणबाट सञ्चालन भएको नेपालको राज्यसत्ताले आम जनताको दैनिकीमा समेत नराम्रो असर पारेको र अहिलेसम्म पनि नेपालमा करोडौं मानिसहरु जातीय छुवाछूत, भेदभाव, अपमान र हिंसाको शिकार बनिरहेका छन् ।

प्रायः दलित, आदिवासी जनजाति, मधेशी, महिला, पिछडिएको क्षेत्र आदिका मानिसहरु राज्यसत्ताभन्दा धेरै टाढा रहेका छन् । उनीहरुको राज्यमा पहुँच विस्तार गर्न समानुपातिक समावेशीताको कुरा भइरहेको छ । संविधानमा नै समावेशीताको व्यवस्था गरिएको छ । अबको नेपाल सार्वभौमसत्ता जनतामा निहित हो, तर राजवादीहरु सार्वभौमसत्ता राजामा निहित बनाउने भन्दै कुर्लिरहेका छन् । यो राजावादीहरुको दिवा सपना हो ।

अहिलेको व्यवस्था लोकतान्त्रिक व्यवस्था हो । राजावादी व्यवस्था व्यक्तिवादी व्यवस्था हो । व्यक्तिवादी व्यवस्था जहा“नीय र निरङ्कुश हुन्छ, जो नेपालमा राजाहरुले करिब २४० वर्षसम्म अभ्यास गरिसकेका छन् । नेपालमा करिब १३ पुस्ताले राजाको शासन सञ्चालन गरेका छन् । राजतन्त्र हटेको १७ वर्षमात्रै भएको छ । अहिले पुनः राजा नै ठिक थिए, राजा नै चाहिन्छ, नेताले देश विगारे भनेर जो रोइलो भइरहेको छ, त्यो सर्वथा गलत हो । संसारमा जनता नै महान हुन् ।

याे पनि पढ्नुस👉️ नेपालमा छु भन्ने दुर्गा प्रसाईं भारतमा पक्राउ https://suchanachautari.com/32219/

लेखक तारा माहाप्रतिवाद पत्रिकाका प्रधान सम्पादक तथा ख्रीष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समेत हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved