इरानमा मार्च २१ को दिन नवोज (नयाँ वर्ष) मानाइँदै छ भने लगभग त्यही दिनतिर (चैत २३) नेपालमा पनि चैते दशैँ मनाइन्छ । दशैँ खसहरूको चाड हो, चैतमा मनाइने दशैँ नै खासमा दशैँ हो, तर यसलाई धेरै पछि हिन्दुकरण गरेर अशोजमा सारिएता पनि अझै चैते नामबाट मनाउने गरिन्छ ।
अवेस्तामा आत्माको वर्णन पनि छ । मृत्युपछि धार्मिक आत्मा भौतिक र आध्यात्मिक दुनिया अलग गर्ने सेतु “चिनवतु पेरेटु” (सनातनमा वैतरणी) पार गरेर हाउस अफ सङ्ग (स्वर्ग) मा समाप्त हुन्छ । अवेस्ताको सङ्ग र ब्राह्मण धर्मको स्वर्गमा भिन्नता छैन, र स्वर्ग अवेस्ताकै अनुकरण हो । वैदिक ब्राह्मण पितृ (देयस पतेर, नेपालीका द्यौ पितृ) मा विश्वास गर्थे । पशुधन बृद्धिका लागि पितृलाई बलि चढाउँथे, यसैले वेदमा बलिको प्रावधान र उल्लेख छ ।

नवरोज (नौरथा) अगाडिको १० दिन अवेस्तनहरू पनि पितृकार्य र अनुष्ठान गर्दछन् र दिवंगतहरूलाई सम्झन्छन् । यही पितृकार्य र अनुष्ठान ब्राह्मण कर्मकाण्डमा सोह्र श्राद्ध भएर अनुकरण गरिएकोछ । फरक के छ भने यहाँ पितृलाई बलिको ठाउँमा पिण्ड दिइन्छ ।
” बलि दिएपछि जसरी बलिको मासु र बोसो आगोमा होमेर त्यसको धुँवाले इन्द्र प्रसन्न हुने विश्वास छ, त्यसै गरि पिण्डलाई पनि श्राद्धमा सुँघ्न लगाइन्छ । “
खस, किराँत र नेवा सभ्यताका थुप्रै कुराहरू एक आपसमा साटासाट भएका छन् । रातो, सेतो, पहेँलो र कालो अक्षता बोतामा राखेर लागुभागुमा मन्सिने संस्कार यी तीनै सभ्यताका हुन् भने सेतो चामलको टीका लगाउने परम्परा पनि यिनै सभ्यताका देन हुन् । सुर्ख (सूर्य रङ्गको) फारसी शब्द हो, खस र नेवा सभ्यतामा रातो रङ्गको बाहुल्यता छ । रातो माटो, सिन्दूर, रातो चुरा, सौभाग्य, आदि रातो सूर्य कै प्रतीक हुन्, सूर्य आदि देव हुन्, सबै सभ्यताका देवता हुन् । देवता रिसाए रातो अक्षता मन्सिने प्रचलन पनि खस नेवा सभ्यताकै देन हो ।तर टीकामा रातो अबिर हालेर मुछ्ने चलन चैँ ब्राह्मण अपनाएपछि आएको हो । मसान लागेको शंका लागेमा मासको दाल र चामल मिसाएर मन्सिने प्रचलन पनि यहीँको सभ्यताका प्रचलन हुन् ।
नौरोज = नौ = नव, रोज = दिन । चन्द्र मासमा चल्ने सुमेर सभ्यतामा नयाँ वर्ष अगाडिको अतिरिक्त नौँ दिन हुन्, यही नौ दिन नौरथाको नाममा खसहरूले पनि सिको गरेका हुन् । दशैँ यही नवरोजको परिवर्तित चाड हो । जर्द = पहेँलो, जमरा, कमेरो, मस्ट, मज्द, अहुरमज्द, असुर, अस्सिरिया, सिरिया, स्वर्ग, धार्मिक मस्ट = मज्द पूजामा पहेँलो रङ्गको प्रयोग, भूत, वायु पन्छाउने पहेँलो अक्षता पनि नवरोज र दशैँ दुवैमा प्रयोग गरिन्छ ।
” वसन्तको नयाँ दिन, नव वर्ष, नयाँ जौ को पालुवा, जौ आदिम अन्न, पितृलाई दिने पवित्र या चोखो पिण्ड पनि जौ को नै बनाइन्छ । अर्थात नवरोजको जमरा र दशैँको जमराको प्रचलन उतैबाट आएको हो । नवरोज चैत्र तिर पर्छ, दशैँ चैत्रमै हुन्थ्यो, तर गर्मिमा बलिको मासु बिग्रने र खेती किसानीको काम सकिएको ऋतु शरद भएकोले शरदमा सारियो । “
खसहरूका आठ भवानी या अष्ट मातृका पनि महिला पितृहरू नै हुन्, जसरी बाह्र मष्ट पुरुष पितृ हुन् । यिनै अष्ट मातृकाको पूजा गरेर मनाइने दशैँ ब्राह्मण धर्मको चाड हुँदै होइन्, नवरोजको अनुकरण गर्दा स्वरूप फेरिएको खस चाड हो । यिनै खसहरूका अष्ट मातृकाका नामहरू पछि ब्राह्मणीकरण गरिएको मात्रै हो ।
नवरोजका १० दिनमा मन्दिरहरूमा चौबिसै घन्टा पवित्र अग्नि जलाइन्छ, दुई पुजारीहरू सम्झिएकै भरमा रातभर स्मृति पाठ गर्दछन् । वेदलाई श्रुती भन्नुको कारण यही हो । वेद पनि आर्यनवेइजोबाट निकालिएका मागि ब्राह्मणहरूले मुखाग्र भन्दै स्मरण गर्दै ल्याएको काव्य हो ।










