” गण्तन्त्र यस्तो एउटा व्यवस्था हो जहाँ तपाईं,म अर्थात हामी खुलेर बोल्न सक्छौ खुलेर लेख्न सक्छौ,खुलेर गाउन सक्छौ,खुलेर हास्न सक्छौ,खुलेर नै सरकारको बिरोध गर्न सक्छौ। “
तर यो व्यवस्था किन यति पेचिलो यति भारिलो वा यति बिग्न आवश्यक बिहिन देखियो भन्दा अहिलेको ओलि सरकारको गल्तीहरुले गर्दा हो।यहाँ ओलिको बिरोध गरिने कुटिन्छन ओलिको बिरोधमा लेख्नेहरु माथी निगरानी रखिन्छ थुनिन्छ।तर यो लोकतान्त्रिक गणतान्त्रिक अभ्यास हैन।केपि ओलि भनेको डिटेक्टर हुन।जसले गणतान्त्रिक संघीय प्रणाली अभ्यास असफल गराउन यो सब हर्कत गर्दै छन।
कारण यो पनि उनी भित्री रुपमा राजा चाहाने भएकैले गर्दा हो,यो आरोप हैन तथ्य हो।किनकि कुनै बेला यिनै हैनन त बयलगाडा चढेर अमेरिका पुगिन्छ र भन्दै प्रश्न गर्ने?त्यसैले ओलि चाहिँ बाहिरी रुपमा मात्र गणतन्त्रबादी हुन यिनको अस्लियत चाहिँ राज संस्था वा राजाबादी नै हो।

अब त्यसो भए साचो गणतन्त्रबादी चाहि को त भन्ने हो भने प्रचण्ड नै हुन,यहाँ सम्म कि काङ्ग्रेस पनि गणतन्त्रबादी हैनन।प्रचण्ड नहुनु हो भने यो देशमा संघीयता,गणतन्त्र,लोकतन्त्र,धर्म निरिपेक्ष केही रहन्न।
यो देशमा माओवादीले चाहेको या अभ्यास गर्न खोजेको संघीयता र गणतन्त्र कस्तो हो त र भइ चाहिँ के रहेको छ त?
-माओवादी जनयुद्धमा हुँदै गर्दा उसले भनिरहेको गणतन्त्र,लोकतन्त्र भनेको वाक स्वतन्त्रता,धर्म स्वतन्त्रता,लेख्ने स्वतन्त्रता,पढ्ने स्वतन्त्रता,बिरोध गर्ने स्वतन्त्रता नै हो।
उस्ले भनेको संघीयता चाहिँ प्रदेश र स्थानीय तहलाई स्वयत्त अधिकार अर्थात संघको हस्तक्षेप सेना परिचालन बाहेक अरु केहि कुरामा पनि नरहने।जसले गर्दा बिकास गर्न होडबाजी हुने कर संकलन देखि सबै कुरामा प्रदेश र स्थानीय स्वयत्त मिलेर काम गर्न सक्ने।यहि थियो यथार्थमा संघीयताको मर्म तर भयो ठिक उल्टो हैन र?
अब इतिहासलाई पल्टाएर हेरौन राजसंस्था कस्तो थियो?
-राजाको पालोमा बंशको आधारमा राजा हुन पाउथ्यो। दरबारियाहरुको हुक्कुमी शासन चल्थ्यो।जसको शक्ति उसको भक्ति भने जस्तै बिकासको कुरामा पनि उनैको पहुच हुन्थ्यो।राजा र दरबारियाको बिरोध गर्न पाइन्थेन। जसले बिरोध गर्यो कि त उ मारिन्थ्यो कि त गायब पारिन्थ्यो।गरिबको छोराछोरीहरू पढ्न पाउदैन थिए।राम्रो स्वास्थ्य उपचार पाउदैन थिए।अहिलेको जति पनि पाउदैन थिए।
अहिले केही दरबारिया जसको रोजिरोटी गणतन्त्रले खाइदियो तिनिहरु बौलाएर राजा चाहियो भन्दै छन।जनतालाइ झुटो आश्वासन बाढ्दैछन। जसको ज्वलन्त उदाहरणहरु दुर्गा प्रसाइ र राजेन्द्र लिङ्देन हुन।जसले मासु,भात,पेट्रोल दिएर जनतालाई फकाउदैछन।बिचरा मेरा देशका जनता जो आफैमा भेडा न हुन।
अन्त्यमा,
अब विकल्पमा के त?गणतन्त्रको बिकल्प राजतन्त्र ?कि गणतन्त्रको बिकल्प सुधारात्मक गणतन्त्र ?
अवश्य पनि गणतन्त्रको विकल्प सुधारात्मक गणतन्त्र नै हो।अब यो देशको पार्टीका नेताहरु सुध्रिनु आवश्यक छ।नसुधि्रए यिनिहरु यिनिहरुको चाहिँ बिकल्प खोज्नु पर्छ।ब्यबस्थाको चाहिँ बिरोध नगर्नु बोरु नेता र पार्टीको बिरोध गरौ।नेता र पार्टीको बिकल्प खोजौ।
जय गणतन्त्र !!
वीर शाहीदहरु अमर रहुन!!










