मकवमनपुरकाे हेटाैँडामा सञ्चालित प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले जितेकाे छ।मकवानपुरगढी गाउँपालिका वडा नं– २ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजले ९- ५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको र ९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर ६२ रनमै मात्र समेटिए काे थियाे।

आइतरबार भएको फाइनल खेलमा वार्ड–२ भालुन्टारलाई ३३ रनले पराजित गर्दै सनराइज युथ क्लबले उपाधि हात पारेकाे थियो। उपाधि विजेता सनराइजले नगद ३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्रप्राप्त गरेको छ भने उपविजेता भालुन्टारले २० हजार प्राप्त गर्न सफल भएको खुशिको माहोलमा सनराइजयुथ क्लबका अध्यक्ष प्रेम बहादुर स्याङतान ज्युले खेलाडी युवाहरुलाई उत्प्रेरणा गर्दै ,आगामी कार्यकालमा क्लबको आधिकारीक जिम्मेवारीमा रहे पनि नरहे पनि खेल क्षेत्रमा रुचि राख्ने खेलाडी भाइहरुलाई आफ्नो हैसियतले भ्याए सम्म सल्लाह सुझाब र सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको सल्लाहकार तथा डुम्रेकुना टोल बिकास समितिका अध्यक्ष नर बाहादुर स्याङ्तान ज्युले यस खेललाई निरन्तरता दिदै मकवानपुर हुँदै बिश्वब्यापी रुपमा अगाडि बढ्न सफल रहोस भन्ने शुभकामना दिए ।
बिजयी खेलाडिहरुलाइ कार्यक्रम सञ्चालक तथा सनराईज क्लवका सचिब प्रदिप स्याङ्तानले अबिर र खादा लगाई बधाई र सम्मान गर्दै धन्यबाद दिएका थिए ।










