प्रदिप स्याङ्तान, हेटाैँडा । मकवानपुरकाे हेटाैँडामा आयाेजित प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले हात पारेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं– २ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजले ९- ५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो ।
९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर ६२ रनमै मात्र समेटिए काे थियाे। हिजाे आइतरबार भएको फाइनल खेलमा वार्ड–२ भालुन्टारलाई ३३ रनले पराजित गर्दै सनराइज युथ क्लबले उपाधि हात पारेकाे हो । उपाधि विजेता सनराइजले नगद ३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्रप्राप्त गरेको छ भने उपविजेता भालुन्टारले २० हजार प्राप्त गरेको छ ।


प्रतियोगिताका विजेता, उपविजेता र विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, मकवानपुरगढी वडा नं. २ का वडाध्यक्ष बखान सिं पाख्रिन, वडा नं.७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बा, लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिता पालिका भित्रको खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको हो ।

मकवानपुरगढी गाउपालिकाको प्रायोजन तथा खेलकुद विकास समिति मकवानपुरगढीको आयोजना र मकवानपुरगढी क्रिकट क्लबको सहकार्य आयोजना भएको हो । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको थियो ।










