काठमाडौं । व्यवसायी एवं नेपाली काँग्रेसबाट निर्वाचित साँसद विनोद चौधरी विरुद्ध एकै पटक चार वटा निकायमा उजुरी दर्ता गरिएको छ ।
विनोद चौधरीको चौधरी समूह र यसअन्तर्गको कम्पनीले अन्य मुलुकमा अवैधरुपमा लगानी गरेको भन्दै त्यसमाथि छानविन र कारवाहीको माग गरेको हो । अभियानका संयोजक राजकुमार तिमल्सिनाले सामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण निवारण आयोग, राजश्व अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा एकै साथ उजुरी दिएको खुलासा गरेका छन् ।

चौधरीमाथि छानविनका लागि हस्तक्षेप नगर्न राज्यका निकायहरुलाई आग्रह गदैै उनले फोब्सलगायत चौधरीलाई अवार्ड गर्ने संस्थामा समेत खबरदारी गरेको बताएका छन् । न्यायाधीश र केही ठूला मिडिया सञ्चालकको मिलेमतामा भएको भनिएको भ्रष्टाचारको अडियो सार्वजनिक गरेपछि तिम्सिना चर्चामा आएका थिए ।










