Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारले शैक्षिक मुलधारमा मदरसा शिक्षालाई पनि समावेश गर्नु पर्छ: नगर प्रमुख शाह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2025

काठमाडौं । कपिलवस्तु कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले मदरसा शिक्षालाई नेपाल सरकारको शैक्षिक मूलधारमा समावेश गर्दै आधुनिक शिक्षासँग जोड्नुपर्ने बताएका छन् ।

नगरपालिकाको वडा नं. ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर रहमानको वार्षिकोत्सवको अवसरमा उनले मदरसामा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, महाराजगंजका नगरप्रमुख अब्दुल कलाम खांले नेपाल सरकारद्वारा मदरसा शिक्षा प्राप्त गरेका विद्यार्थीहरूको प्रमाणपत्रलाई मान्यता नदिइनु चुनौतीपूर्ण भएको बताए । उनले नेपाल सरकार र मदरसा सञ्चालक समितिबीच समन्वय गरी धार्मिक तथा आधुनिक शिक्षा समेट्ने पाठ्यक्रम विकास गर्नुपर्ने सुझाए ।

कार्यक्रममा नेपाल प्रहरीका नायब महानिरीक्षक उमा चतुर्वेदीले विद्यार्थीहरूलाई राष्ट्रसेवामा समर्पित रहन प्रेरित गर्दै विद्यार्थी जीवनमा शिक्षकहरूले प्रदान गरेको ज्ञानलाई व्यवहारिक रूपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रममा नगरप्रमुख शाह, नायव महानिरीक्षक चतुर्वेदी, नगरप्रमुख खां, वडाध्यक्ष सगीर अहमद खां लगायत अतिथिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जामिया सिराजुलवलुम अलसल्फियाका प्रबन्ध निर्देशक शमीम अहमद नदवी र निवर्तमान उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको शैक्षिक गतिविधि तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूले मदरसा शिक्षा प्रणालीको सुधार, विद्यार्थीहरूको उज्वल भविष्य तथा धार्मिक एवं आधुनिक शिक्षाबीचको समन्वयलाई प्राथमिकतामा राख्दै सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved